Comments Add Comment

कस्ता व्यक्ति कोरोनाको जोखिममा छैनन् ?

कोरोनाको संक्रमणपछि पनि लाखौं व्यक्ति निको भएर घर फर्किए

कोरोना भाइरसको संक्रमण कति खतरनाक हुन्छ ? यो प्रश्नको जवाफ तपाईंको शारीरिक अवस्थामा निर्भर रहन्छ ।

अहिलेसम्म जतिपनि कोरोना संक्रमित भेटिए, तिमध्ये धेरैजसो निको भएका छन् । नेपालमै पनि संक्रमितमध्येका एक निको भए । यसको अर्थ कोरोना लाग्नसाथ आत्तिनुपर्छ भन्ने पनि छैन । तर, लाग्नै नदिनु हाम्रो प्राथमिकता हो ।

कोरोना भाइरसलाई कस्ता व्यक्तिले पराजित गर्छन् त ?

कोरोना भाइरसका बारेमा हामीले विशेष गरी दुई वटा कुरामा विशेष ध्यान दिनु आवश्यक छ । ती दुई कुराहरु हाम्रो आचरण (बानी÷व्यहोरा) संग सम्बन्धित छन् । उदाहरणको लागि, न त हामीले कोरोनाको त्रासमा बाँच्नु पर्छ, न त यसलाई अति नै हल्का रुपमा लिने गल्ति नै गर्नु हुन्छ ।

जो व्यक्तिको रोग प्रतिरोधक क्षमता राम्रो छ, उनीहरुलाई सार्स–कोरोना भाइरस–२ अप्पर श्वासप्रणाली अर्थात घाँटी र नाकको तहभन्दा तल जान पाउँदैन । अर्थात यो घाँटी सम्ममात्र सिमित हुन्छ । यसले ती व्यक्तिहरुको फोक्सोमा समेत आक्रमण गर्न पाउँदैन । त्यसक्रममा उनीहरुको शरीरको रोग प्रतिरोधक क्षमताले पुरै शक्तिका साथ उक्त भाइरसलाई मार्नका लागि एन्टिबडि बनाउन थाल्छ । फलस्वरुप ती मानिसहरुले यो भाइरससंगको लडाइँ जितेरै छाड्छन् । हालै कोरोना संक्रमित करिव एक लाख बिरामीहरु स्वस्थ भएर घर फर्किन सक्नुको कारण पनि यही नै हो ।

कोरोना भाइरसबाट डराउने होइन, यसको डटेर सामना गर्नु पर्ने आवश्यकता छ । तपाईंलाई यो कुरा थाहा पाउँदा अचम्म लाग्न सक्छ, हामी अर्थात मानव प्रजातिले कोरोनाभन्दा घातक बिरामीहरुसंग लडेर जितिसकेका छौं । जस्तो—सार्स तथा इबोला । तिनको एउटा निश्चित तथा दीर्घकालिन उपचार पद्धति विकसित नभए पनि आफ्नो दृढ इच्छा शक्ति तथा सतर्कताको बलमा हाीले तीनलाई रोक्न सफल भयौं ।

कोरोना भाइरसको वास्तविक तथा पूरा नाम सार्स–कोरोना भाइरस–२ हो । जबकि कोभिड–१९ बिरामीको नाम हो, त्यसैले नझुक्किनु होला । सार्स पनि एउटा त्यस्तै संक्रमण थियो, जुन सासमार्फत तिब्र गतिले फैलिएको थियो । त्यसको पुरा नाम सीभियर एक्यूट रेसपिरेट्री सिन्ड्रोम हो ।

सार्स फैलने दर सार्स–कोरोना भाइरस–२ भन्दा बढी थियो र त्यो यो भन्दा निकै नै घातक थियो । त्यसको फ्याटेलिटी रेट १० प्रतिशत थियो । अर्थात, जति मानिसहरु  सार्स नामक बिरामी देखियो, उनीहरुको १० प्रतिशत मानिसहरुले आफ्नो प्राण नै त्याग्नु परेको थियो । जबकि सार्स–कोरोना भाइरस–२ को केसमा त्यो मात्रा ३ दशमलव ४ प्रतिशत छ ।

सार्स र कोरोनाको सम्बन्ध

केही वैज्ञानिहरुको भनाइ के छ भने सार्स–कोरोना भाइरस– को जीनोम करिव ८२ प्रतिशत सार्ससंग मिलेको पाइएको छ । अर्थात सार्स–कोरोना भाइरस–२ पहिला फैलिइसकेको सार्स भाइरससंग ८० प्रतिशतभन्दा बढी मेल खान्छ । तपाईंले आफ्नो सहजताका लागि जीनोमलाई डीएनएको रुपमा बुझ्न सक्नु हुनेछ ।

तिब्र रुपमा फैलिएको थियो सार्स

सार्स–कोरोना भाइरस–२ को आरओ (यसलाई आर नट पनि भनिन्छ) २ दशमलव २ छ । अर्थात यो भाइरसबाट ग्रसित एक व्यक्तिले दुई भन्दा बढी व्यक्तिलाई इन्फेक्सन गराउन सक्छ । जबकि सार्स जति बेला फैलिएको थियो, त्यो बेला एक व्यक्तिले करीव ती व्यक्तिलाई इन्फेक्सन गराइरहेको थियो ।

कोरोनासंगको प्रतिस्पर्धा सम्भव

कोरोना भाइरस पहिलादेखि नै अस्तित्वमा छ । हामीलाई जब–जब चिसो लाग्छ, त्यो बेला राइनो तथा कोरोना जस्ता थुप्रै भाइरसहरुको भूमिका हुन्छ । तर, सार्स–कोरोना–भाइरस–२ चमेरोहरुमा पाइन्छ, जो कुनै प्रकारले मानिसहरुमा सर्यो । यो भाइरस चिसो पैदा गर्ने अन्य भाइरसहरुभन्दा केही पृथक छ । जस्तो, यो घाँटीसम्ममात्र सिमित नभएर शरीरको भित्र पनि प्रवेश गर्छ ।

यस कारण डराइरहेको कोरोना

कोल्ड भाइरसहरु अप्पर रेस्पेरेट्री ट्रयाक्टसम्म मात्रै सिमित हुन्छन् । तर, सार्स–कोरोना भाइरस–२ हाम्रो शरीरको लोअर श्वासप्रणालीमा जान्छ र त्यहाँ पुगेर तिब्र गतिले फैलिन्छ (रेप्लिकेट) गर्छ । अर्थात, आफ्नो कार्बन कपी अति नै तिब्र रुपले बनाउँछ । यसले हाम्रो फोक्सोलाई नराम्रो असर पु¥याउँछ र हामीलाई सास लिनैमा समस्या पैदा गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment