Comments Add Comment

कोरोनाको असर क्रिकेटमा, आईसीसी भन्छ – योजना अनुसारै काम गर्छौँ

१५ चैत, काठमाडौं । गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस अर्थात कोभिड १९ अहिले विश्वको २ सय देशमा पुगिसकेको छ ।  सारा विश्व नै यससंग लडिरहेको बेला विश्व खेलकुद नै ठप्प छ । टोकियो ओलम्पिकदेखि युरोकप फुटबलसम्म एक वर्ष पछिलाई सरेको छ ।

क्रिकेट पनि यसबाट प्रभावित छ । धन्न टी २० महिला वर्ल्डकप अष्ट्रेलियामा सम्पन्न भयो । पुरुष टी २० वर्ल्डकप यसै वर्षको अक्टोबरतिर अष्ट्रेलियामै हुने तय छ । त्यसलाई कोरोनाले कति प्रभाव पार्छ अहिले नै भन्न सकिने अवस्था छैन ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको आफ्नै कार्यालय अहिले बन्द छ । शुक्रवार आईसीसीको बोर्ड बैठक पनि भिडियो कन्फ्रेन्स कलमार्फत भयो ।

जहाँ आईसीसीले कोभिड १९ को कारण विभिन्न विषयमा तत्कालै निर्णय गर्नुपर्ने भएको जनाएको छ । जसमा कोभिड १९ महामारीले विश्वभर पारेको असरको बारेमा छलफल भएको आईसीसीले जनाएको छ ।

आईसीसीका प्रमुख कार्यकारी मानु शोहनेले आईसीसी व्यवस्थापनले आईसीसी इभेन्ट्सको बारेमा नियमित योजनालाई निरन्तरता दिने बताएका छन् । साथै कोभिड १९ महामारीसंग जोडिएको अवस्थामा सदस्यहरुसंग सहकार्य गरेर उपयुक्त विकल्पहरुमा छलफल गर्ने बताएका छन् ।

ईएसपीएन क्रिकइन्फोले भने उक्त कन्फ्रेन्समा कुनै निर्धारित योजना बारे छलफल नभएको जनाएको छ ।

आइसीसी अन्तर्गत अहिले वर्ल्ड टेष्ट च्याम्पियनसिप सञ्चालन भइरहेको छ । यस्तै २०२३ को ओडीआई वर्ल्डकप अन्तर्गत रहेको ओडीआई सुपर लिग मे बाट शुरु हुने तय थियो । यसबाहेक पुरुष टी २० वर्ल्डकप अक्टोबरमा अष्ट्रेलियामा हुने तय छ ।

२०२३ कै वर्ल्डकप रोडम्यापको रुपमा रहेको विशवकप लिग २ कोरोनाले प्रभावित बनिसकेको छ । लिग २ को तीन वटा ट्राई सिरिज स्थगित भइसकेको छ । आईसीसीले यसअघि नै मिडिया रिलिजमा जुनसम्मका सबै प्रतियोगिताहरु स्थगित गरिसकेको छ ।

ईएसपीएन क्रिकइन्फोका अनुसार आईसीसी बोर्ड र प्रमुख कार्यकारी अधिकृतहरुको बैठक आगामी मे को लागि तय गरिएको छ र त्यसमा ब्याक अप प्लानहरुको बारेमा छलफल हुनेछ ।

कोरोना भाइरसको कारण अहिले विश्व क्रिकेट ठप्प नै छ । यदी महामारी नभएको भए अहिले विश्वकै चर्चित लिग इन्डियन प्रिमियर लिग आईपीएल चलिरहेको हुन्थ्यो होला । तर कोरोनाकै कारण अप्रिल १५ सम्म सारिएको आईपीएल पनि अब त्यो समयमा शुरु हुने अवस्था छैन ।

यस सिजन आईपीएलको भविष्य के हुन्छ भनेर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसीसीआईले समेत निर्णय गर्न सकेको छैन । यदि आईपीएल भएन भने आयोजकदेखि सहभागी फ्रेन्चाइजसम्मलाई घाटा हुनेछ । नेपालमा पनि क्रिस गेलजस्ता स्टार खेलाडी आउने पक्का भइसकेको एभरेष्ट प्रिमियर लिग कोरोनाकै कारण अनिश्चिकालका लागि स्थगित भइसकेको छ ।

विश्व क्रिकेटमा अन्य विभिन्न सिरिज प्रतियोगताहरु पनि कोरोनाले गर्दा प्रभावित बनेको छ । केही सिरिज रद्ध नै भए । केही टुर रद्ध भए । केही टुर तत्कालका लागि स्थगित गरिएको छ । भविष्यमा हुने टुरहरुलाई समेत कोरोनाले प्रभावित गरेको छ ।

यसबाहेक कोरोनाले प्रभावित भएका क्रिकेट गतिविधिहरु

  • आयरल्याण्डको घरेलु सिजन मे २८ सम्मलाई स्थगित
  • पाकिस्तानको सेन्ट्रल कन्ट्रयाक भएका खेलाडीद्वारा कोरोना भाइरस विरुद्ध लड्न ५ मिलियन सहयोग
  • आइसीसीद्वारा एसोसिएट राष्ट्रको क्वालिफाइङ इभेन्ट्सहरु स्थगित
  • लाउरेन्ट विनफिल्ड र एमी जोन्स अष्ट्रेलियामै रोकिए
  • आयन ओ’ब्रायन द्वारा फण्ड राइजको अपिल
  • बंगलादेशी क्रिकेटरको भविष्य अनिश्चित
  • बंगलादेशी प्रिमियर क्रिकेटद्वारा ५० प्रतिशत तलब सहयोग
  • मेडिकल सामाग्री राख्न भारतको एडन गार्डेनमा स्थान उपलब्ध
  • इंग्ल्याण्ड क्रिकेट बोर्ड द्वारा खेलाडीलाई घरमै ट्रेनिङ गर्न प्याकेज अफर
  • क्रिकेट वेष्ट इन्डिजद्वारा सबै घरेलु क्रिकेट सथगित
  • आइसीसीको दुबईस्थित हेडक्वाटर बन्द
  • श्रीलंका क्रिकेट द्वारा २५ मिलयन एलकेआर सरकारलाई सहयोग
  • कुमार सांगाकार सेल्फ आइसोलेसनम
  • ज्यासन जिलेप्सी दुई साता आइसोलेसनमा
  • आयरल्याण्ड बंगलादेश सिरिज स्थगित
  • श्रीलंकाको सबै डोमेस्टिक क्रिकेट स्थगित
  • स्कटल्याण्डका पूर्व स्पिनर मजिद हकलाई कोरोना पोजिटिभ
  • दक्षिण अफ्रिकाका खेलाडी सेल्फ आइसोलेसनमा
  • युरोपियन क्रिकेट लिग स्थगित
  • एलेक्स हाल्सको कोरोनाको संकेत तर टेष्ट भएन
  • बीसीसीआई अफिस बन्द
  • पाकिस्तान सुपर लिगकफ प्लेअफ खेल स्थगित
  • फाइनल रद्ध भएपछि न्यु साउथ वेल्स शेफिल्ड शिल्डको विजेता घोषित
  • सरे का ६ खेलाडीलाई सेल्फ आइसोलेसनमा बस्न आग्रह
  • क्रिकेट साउथ अफ्रिकाको सबै क्रिकेट स्थगित
  • क्रिस लिनद्वारा पाकिस्तान सुपर लिग त्याग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment