
निर्माता किरण नेपाली नयाँ चलचित्र ‘२ नम्बरी’को निर्माण गरिरहेका छन् । तर, कोरोना त्रासका कारण यो चलचित्रको छायांकन स्थगित भएको छ । उनै, किरणको प्रस्तुतीमा तयार भएको चलचित्र ‘पोई पर्यो काले’ले भने युटुबमा दर्शकको राम्रो साथ पाएको छ ।
यो चलचित्र युटुबमा सार्वजनिक भएको २ दिनमै २३ लाख बढीले हेरेका छन् । साथै, चलचित्र अहिले नेपालको नम्बर १ ट्रेन्डिङमा पनि छ । शिशिर राणाको निर्देशनमा तयार भएको यो चलचित्रलाई दर्शकले रुचाएका छन् । यो चलचित्रले हलमा पनि राम्रो व्यापार गरेको थियो ।
कात्तिकको ८ गतेबाट रिलिज भएको यो चलचित्रलाई हलमा प्रदर्शन भएको ५ महिनामै युटुब रिलिज गरिएको हो । यो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर लगायतका कलाकारको मुख्य भूमिका छ ।
निर्माता नेपालीले हलमा र युटुबमा दर्शकको राम्रो साथ पाएको भन्दै खुशी व्यक्त गरे ।
प्रतिक्रिया 4