Comments Add Comment

कोरोना : इटालीमा ७५६ को मृत्यु, स्पेनमा ८३८ जनाले ज्यान गुमाए

१६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या इटलीमा केही घट्दा स्पेनमा भने बढेको छ । कोरोनाका कारण सबैभन्दा प्रभावित इटालीमा पछिल्लो २४ घण्टामा पाँच हजारभन्दा नयाँ संक्रमण देखिएको छ भने सात सय ५६ जनाको ज्यान गएको छ ।

मृतकको संख्या अघिल्लो दिनको तुलनामा केही कम हो । अघिल्लो दिन त्यहाँ नौ सय १९ जनाको मृत्यु भएको थियो । अहिलेसम्म इटालीमा कोरोनाबाट संक्रमितको संख्या ९७ हजार कटेको छ, जसमध्ये १० हजार सात सय ७९ को ज्यान गएको छ । यस्तै, स्पेनमा आइतबार एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै मानिसले ज्यान गुमाएका छन्  ।

स्पेनको स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा स्पेनमा आठ ३८ जनाले ज्यान गुमाएका हुन् । यससँगै स्पेनमा कोरोनाका कारण ज्यान गुमाउने मानिसको संख्या पनि छ हजार पाँच सय २८ पुगेको छ । शनिबार पनि स्पेनमा आठ सय ३२ जना मानिसले यो भाइरसको कारण ज्यान गुमाएका थिए ।

स्पेनमा छ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । यससँगै स्पेनमा समग्र संक्रमितको संख्या ७८ हजार सात सय ९७ पुगेको छ । अमेरिकामा भने नौ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

यससँगै अमेरिकामा समग्र संक्रमितको संख्या एक लाख ३२ हजार नाघेको छ । साथै, आइतबार एक सय ४१ जनाको ज्यान गएको छ । यससँगै समग्र मृतकको संख्या पनि दुई हजार तीन सय ६२ पुगेको छ ।

अहिलेसम्म विश्वभर कोभिड–१९ का संक्रमितको संख्या सात लाख चार हजार नाघेको छ । यो भाइरसको कारण मृत्यु हुने ३३ हजार नाघेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment