Comments Add Comment

आईपीएल यस सिजन नहुने सम्भावना बढी

काठमाडौं । विश्वमै धेरै हेरिने र चर्चित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग आइपीएल यस सिजन नहुने सम्भावना बढेको छ ।

भारतीय अनलाइन इन्डियन एक्सप्रेसले आइपीएल नहुने घोषणा हुन मात्र बाँकी रहेको उल्लेख गरेको छ । विश्वभर फलिएको कोरोना भाइरस महामारीको कारण अहिले विश्व खेलकुद नै प्रभावित छ । आइपीएल पनि मार्च २९ देखि सुरु हुने तय थियो । तर कोरोनाकै कारण ओरिजिनल डेटलाई अप्रिल १५ सम्म सारियो ।

भारत अहिले २१ दिने लकडाउनमा छ । यस्तै सरकारले अप्रिल १५ सम्म विदेशीलाई भिसा समेत रोकेको छ । जसले गर्दा विदेशी खेलाडी पनि त्यो बेलासम्म आउन पाउने छैन । यस्तै टिमहरुले पनि ट्रेनिङ स्थगित गरिसकेका छन् ।

यस्तो अवस्थामा आइपीएल नहुने लगभग पक्का रहेको इन्डियन एक्सप्रेसले जनाएको छ । तर भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले यसबारे अफिसियल निर्णय गर्न बाँकी छ ।

बीसीसीआई भने भारतीय सरकार र खेलकुद मन्त्रालयले भिसाबारे गर्ने निर्णय कुरेर बसेको छ ।

बीसीसीआईले अप्रिल १६ पछि आइपीएको फ्रेन्चाइजलाई सम्बोधन गर्ने एक्सप्रेसले जनाएको छ । इन्डियन एक्सप्रेसले स्रोतलाई उदृत गर्दै भनेको छ आइपीएल यो वर्ष हुँदैन अर्को वर्ष हुनेछ ।

यदी यस वर्ष आइपीएल नभएको अर्को सिजन तय भएको मेगा अक्सन पनि हुने छैन । जहाँ फ्रेन्चाइजले केही खेलाडी मात्र रिटेन गरेर बाँकी खेलाडीहरुलाई अक्सनमा पठाउने गरी तयारी भएको थियो ।

आइपीएल नहुने बारे आइपीएल व्यवस्थापन सरकारको आधिकारिक धारणा कुरेर बसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment