१७ चैत, काठमाडौं । कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले नेपालमा लकडाउन गरेको छ ।
लकडाउनका कारण मानिसहरु घर बाहिर निस्कन पाएका छैनन् । दैनिक अभ्यास गर्न मैदान गइरहने र विभिन्न प्रतियोगिताका लागि देश विदेश गइरहनुपर्ने खेलाडी घरमै मात्र बस्दा कस्तो अनुभव होला ।
लकडानका बेला घरमै क्वारेन्टाइनमा बसिरहेका खेलाडीहरुले के गरिरहेका होलान् । यसै सन्दर्भमा क्रिकेटर आरिफ शेखसंग गरिएको कुराकानी :
लकडानउमा के के गरिरहनुभएको छ ?
परिवारसंग समय बिताइरहेको छु । पकाउने, खाने, इन्डोर गेम खेल्ने ।
कोरोनाबाट बच्न के के गरिरहनुभएको छ ?
खानेकुरा मिलाएर खाइरहेको छ । समय समयमा स्यानिटाइजर प्रयोग गरिरहेको छु । स्वास्थ्यवर्धक खानेकुरा खाइरहेको छु ।
खेल्न नपाउँदा के भइरहेको छ ?
क्रिकेट बिना एकदमै बोरिङ भइरहेको छ । मेरो जीवनमा नै यो पहिलो पटक होला, म सात आठ दिन देखि म्याच र प्राक्टिसबिना बसिरहेको छु ।
धेरै फुर्सद हुँदा कस्तो हुने रहेछ ?
पिँजडामा सुगा भएजस्तो हुनेरहेछ ।
घरबाट बाहिर निस्कन नपाउँदा के लाग्छ ?
हरेक दिन उस्तै काम दोहोर्याएर गरिरहँदा त्यसै बोरिङ हुने ।
मनपर्ने नेपाली खेलाडी ?
शरद भेषावकर, म ४ कक्षा पढ्दा देखि नै मन पराउन थालेको ।
मन पर्ने विदेशी खेलाडी ?
सचिन तेन्दुलकर र केभिन पिटरसन
कुन मोबाइल चलाइरहनुभएको छ ?
आइफोन ७ प्लस
क्रिकेटबाहेक मन पर्ने खेल र खेलाडी ?
फुटबल । खेलाडी धेरै छन्, तर विशेष छैन
कुन भिडियो गेम खर्ल्नुहुन्छ ?
अहिले कुनै छैन तर म टेक्केन थ्री (एक्रेड गेम) खेल्ने गर्थेँ ।
टिमको सबैभन्दा नजिकको खेलाडी ?
लगभग सबै खेलाडी क्लोज छन् ।
मन पर्ने गायक ?
पाकिस्तानका अतिफ अस्लाम
मन पर्ने अभिनेता ?
दयाहाङ राई
मन पर्ने गीत ?
अतिफ अस्लामको गीतहरु
खेलाडी नभएको भए के हुन्थ्यो ?
मेरो विचारमा खेलाडी र खेल नभएको भए मनोरन्जनको कुनै माध्यम हुँदैनथ्यो होला । सबैजना आफ्नो काममै व्यस्त हुन्थे होला । त्यसैले खेल खेलाडीले विश्वलाई एकजुट बनाउँछ ।
अहिलेसम्मको सम्झन लायक क्षण ?
हामीले ओडीआई स्ट्याटस (एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता) पाएको दिन ।
सबैभन्दा मिल्ने खेलाडी ?
सबै जना फ्रेण्डली र रमाइलो छन् त्यसैले कुनै विशेष नाम छैन ।
कोही खेलाडीसंग खेल्न मन लागेको तर नपाएको ?
केभिन पिटरसन ।
जान्नुपर्ने तर नजानेको कुरा ?
खाना पकाउन ।
मन परेको स्थान ?
नेपाल
तपाईसंग भएको महंगो सामान ?
पल्सर एनएस २०० बाइक
प्रतिक्रिया 4