Comments Add Comment

जीवनोपयोगी प्रेरक भनाईहरु

आफ्नो अद्भूत कर्म, विराट सोंच चिन्तनले बेलाबखत महापुरुषहरुको जन्म हुनेगर्छ । उनीहरुको खोज, अध्ययन, प्रयोग आफ्ना निम्ति मात्र होइन, विश्वकै मानव जाति र चराचर जगतका लागि उपयोगी हुँदै आएका छन् । उनै व्यक्तिहरुले कतिपय सन्दर्भमा आफ्ना जीवन–भोगाईको सार बताउने गर्छन्, जो हाम्रो निम्ति अमूल्य पाठ र प्रेरणको स्रोत बन्न सक्छ ।

श्रेष्ठ हुनु कुनै कार्य होइन । यो केवल हाम्रो एउटा बानी मात्र हो, जसलाई हामी बारम्बार गर्छौ ।
अरस्तु

म हरेक पाइलामा हारेको छु, तर म जन्मेको केवल जीतको लागि हो ।

एमर्सन

म गर्न सक्छु, यो विश्वास हो । केवल मैले मात्र गर्न सक्छु, यो अन्धविश्वास हो ।
अज्ञात

जबसम्म तपाईं स्वयंलाई विश्वास गर्नु हुन्न, परमात्मामा विश्वास गर्न सक्नु हुन्न ।
विवेकानन्द

यदि हामी समाधानको अंग होइनौं भने यसको अर्थ हामी स्वयं नै समस्या हौं ।
अज्ञात

फलाम तातो हुने प्रतिक्षा नगर, बरु आफ्नो तापक्रमद्वारा त्यसलाई तातो बनाउ अर्थात समयको प्रतिक्षा नगर बरु समयलाई आफ्नो अनकुल बनाउने प्रयास गर ।
विलियम बी स्प्रेग

कसैलाई आफ्नो बनाउनका लागि हाम्रो सम्पुर्ण खुबीहरु पनि कम पर्छ, तर कसैलाई गुमाउनका लागि एउटा कमी नै काफी हुन्छ ।
अज्ञात

भेट्दा मित्रलाई आदर गर, पछाडि उसको प्रशंसा गर र आवश्यकता पर्दा उसलाई सहयोग गर ।
नीति कथा

सबै गलत कार्य मनबाट उत्पन्न हुन्छ । यदि मन परिवर्तित भयो भने गलत कुरा उत्पन्न हुन सक्छ ।
गौतम बुद्ध

मित्रहरुको छनोट सावधानीपूवर्क गर्नुपर्छ, किनभने हाम्रो व्यक्तित्वको झलक ती मित्रहरुसंग पनि मिल्न सक्छ, जसको संगतबाट हामी टाढा रहन्छौ ।
नीति कथा

कलाले प्रकृतिलाई सहायता गर्छ र अनुभवले कलालाई ।
मस फुलर

महान् व्यक्तिहरुले सधैं नै सामान्य मनले ह्रिंसक विरोधको सामना गर्नु पर्छ ।
ल्बर्ट आइस्टाइन

पिताको सेवा अथवा उनको आज्ञाको पालना गर्नुभन्दा ठुलो अरु कुनै धर्माचरण  छैन

वाल्मीकि

सर्वप्रथम तपाईंले स्वयंलाई परिर्वतन गर्नु पर्छ, जस्तो तपाईंले संसारलाई हेर्न चाहनु भएको छ ।
महात्मा गाधी

तपाईं जीवनमा जे चाहनु हुन्छ, त्यो प्राप्त गर्न सक्नु हुन्छ । मात्र तपाईंले अरुलाई सहयोग गर्न शुरु गर्नु पर्छ ।
जिग जिगलर

कुनै पनि व्यक्तिले तिमिलाई तिम्रो सहमति बिना हीनताको अनुभव गराउन सक्दैन ।
एना एलेना रुजबेल्ट

अनुशासन परिष्कारको अग्नि हो, जसले प्रतिभा योग्यता बन्छ ।
अज्ञात

जे तपाईं आफ्नो जीवनमा गर्नु हुन्छ, एकदिन अवश्य ती सबै सकिने छन्, तर सबैभन्दा महत्वपूर्ण कुरा तपाईं केही त गर्नु हुन्छ भन्ने हो ।
महात्मा गान्धी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment