+
+
Shares

सेल्फ-आइसोलेसनबाट बाहिर आए चार्ल्स

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १७ गते २१:०४

बेलायती राजकुमार चार्ल्स  ‘सेल्फ-आइसोलेसनबाट बाहिर आएका छन् ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी एक साता ‘सेल्फ-आइसोलेसन’मा बसेका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सोमबार बेलायतको क्लरेन्स हाउसले उनी ‘सेल्फ–आइसोलेसन’बाट बाहिर आएको पुष्टि गरेको हो ।

बेलायती सरकारले मार्गनिर्देश गरे अनुसार संक्रमित भएपछि उनी सातदिन ‘सेल्फ–आइसोलेसन’मा बसेका थिए । उनलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

चार्ल्समा कोरोना भाइरसको संक्रमण देखिएसँगै उनकी पत्नी क्यामिल्ला पनि ‘सेल्फ-आइसोलेसन’मा बसेकी थिइन् । तर, उनलाई भने कोरोना भाइरसको संक्रमण देखिएको थिएन । उनीहरु दुबैजना स्कटल्याण्डस्थित आफ्नै घरमा ‘सेल्फ–आइसोलेसन’मा बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?