+
+

प्राविधिकहरुलाई सहयोग गर्न संघको अपिल

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १९ गते १२:३९

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणले धेरै मानिसको रोजीरोटी गुमेको छ । दैनिक काम गरेर घर चलाउने नेपाली चलचित्रका प्राविधिकहरु प्नि समस्यामा परेका छन ।

यसैविच, चलचित्र पाविधिक संघका अध्यक्ष पुष्कर लामाले यो अवस्थामा दैनिक ज्यालादारीमा काम गर्ने प्राविधिकहरुलाई सहयोग गर्न सबैसँग अपिल गरेका छन ।

पुष्करका अनुसार, दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने प्राविधिकहरु समस्यामा परेको गुनासो संघमा आउने थालेको छ । उनले, हातमुख नै जोडन समस्या हुने प्राविधिकहरुका लागि संघले राहतको काम अगाडि बढाएको पनि उल्लेख गरेका छन ।

पुष्करले कलाकारको सफलतामा दिनरात नभनी काम गर्ने पाविधिकहरुलाई यो समयमा सहयोग गर्न कलाकारहरुलाई पनि अपिल गरेका छन ।

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि अहिले नेपाल लक डाउनमा छ । चलचित्रको छायांकन रोकिएको पनि आधा महिना बढी भैसकेको अवस्था छ । यसैले, दैनिक काम गरेरै जीवनयापन गर्ने प्राविधिकहरु भने समस्यामा पर्न थालेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?