Comments Add Comment

रियल मड्रिडका रोड्रिगो उत्कृष्ट युवा खेलाडी

१९ चैत, काठमाडौं । रियल मड्रिडका विङ्गर रोड्रिगो उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । रोड्रिगोले फुटबलसम्बन्धी वेवसाइट गोल डटकमको गोल्स नेक्सट जेनेरेसन २०२० अवार्ड जितेका हुन् । वेवसाइटमा पत्रकारले गरेको भोटिङको आधारमा उनी विजेता बनेका छन् ।

उनले बार्सिलोनाका अन्सु फाटी र रियल मड्रिडकै रेइनर जेससलाई पछि पारे ।  यस अवार्डका लागि २००१ जनवरी १ वा त्यसपछि जन्मेका खेलाडीहरु मात्र योग्य थिए । यसअघि यो अवार्ड जासोन सान्चो जस्टिन क्लुइभर्ट र जियानलुजी डोनारुम्बालगायतले जितिसकेका छन् ।

ब्राजिलियन विङ्गर रोड्रिगोले  यो अवार्डले आफूलाई प्रोत्साहन गर्ने बताएका छन् । ‘यो अवार्डले मलाई धेरै प्रेरणा लिनेछ र आत्मविश्वासी बनाउनेछ’ रोड्रिगोल गोल डटकमसँग भनेका छन् । उनले यस सिजन राम्रोसँग बित्ने आशासमेत राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment