+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नारायणी र राप्तीमा मारिए तीन गोही

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते १३:०१

२० चैत, चितवन । लकडाउनको समयमा चितवनको राप्ती र नारायणी नदीमा तीन गोही मारिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सहयाक संरक्षण अधिकृत बेदकुमार खड्काका अनुसार नारायणी नदीमा बिनेखोला दोभान र लेडाघाट एवम् राप्ती नदीको सौराहा नजिक ढुग्रेखोलामा घडियाल गोही माछा मार्ने व्यक्तिहरुले मारेको अवस्थामा भेटिएका छन् ।

खड्काले भने, ‘गोही मार्नेहरुको पहिचान भएको छैन, खोजी कार्य जारी छ ।’ नारायणीको बिनेखोलामा मारिएको गोही गत फेब्रुअरीमा छाडिएको थियो भने, बाँकी दुईलाई गत वर्ष छाडिएको खड्काले जानकारी दिए । मारिएका गोहोहरु भाले वा पोथी के हुन भन्ने अहिलेनै भन्न नसकिने खड्काले बताए ।

उनका अनुसार तीनवटै गोहीलाई जालमा पारेर टाउको र पेटमा हानेर मारिएको पोस्टमार्टमबाट देखिएको छ । जालसहित नै गोही भेटिएकाले माछा मार्ने ब्यक्तिहरुले नै मारेको उनले बताए । ‘हतपत रोग लागेर गोही मर्दैनन्, इम्युनिटी पावर अति हुन्छ, ६ महिना खान नपाए दुब्लाउँछ तर मर्दैन’ निकुञ्जको घडियाल गोही प्रजनन् केन्द्रका प्रमुखसमेत रहेका खड्काले भने, ‘माछा मार्ने जालमा अड्किँदा साना गोहीलाई मान्छेहरुले मारिदिन्छन्, ठूला गोही जाल नै फुत्काएर भाग्छन्, तर हातखुट्टा चलाउन नपाउँदा डुबेर मर्छन् ।’

हरेक वर्ष राप्ती र नारायणीमा घडियाल गोही छाड्ने गरेको निकुञ्जले यहाँ माछा मार्न पनि प्रतिवन्ध लगाएको छ । तर, लुकिछिपी माछा मार्नेहरुले गोही मार्ने गरेको निकुञ्जले जनाएको छ । विश्वकै दुर्लभ मानिएको घडियाल गोहीको संरक्षणका लागि निकुञ्जमा गोही प्रजनन् केन्द्र स्थापना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?