Comments Add Comment

चालिस कटेसी के गर्ने ?

४० वर्ष पुग्नु जीवनको महत्वपूर्ण चरणहरुमध्येको एक हो । यस चरणमा हामी शारीरिक र मानसिक रुपले धेरै परिवर्तित भइसकेका हुन्छौं, साथसाथै परिपक्क पनि । यो उमेरमा जिम्मेवारीहरु तथा अपेक्षाहरुले घेरिएको हुन्छौं ।

एकातिर पारिवारिक दायित्व, अर्कोतिर आफ्नै शारीरिक स्वास्थ्य । सबैलाई सन्तुलित ढंगले अगाडि बढाउनुपर्ने हुन्छ । संयमित हुनुपर्छ । त्यसैले विगतमा गरिने कतिपय गल्तीहरु यो चरणमा पुगेपछि दोहो¥याउन उचित हुन्न ।

पहिला स्वास्थ्य

उमेर ढल्कदै हाम्रो शारीरिक विकासहरु पनि प्रभावित हुन थाल्छन् र  दिन–प्रतिदिनको गतिविधिहरुमा हस्तक्षेप हुन थाल्छ ।  अनुहार, केश, शरीर तथा उर्जामा समेत प्रभाव देखाउन थाल्छ । यसरी, कुनै पनि व्यक्ति ४० वर्षको उमेरमा पुगेपछि आफ्नो स्वास्थलाई बेवास्ता गर्नु हुँदैन । यसलाई आफ्ना प्राथमिकता बनाउनु पर्छ र स्वस्थ रहनका लागि केही शारीरिक अभ्यासका दिनचर्या अपनाउनु पर्छ ।

आर्थिक प्रवन्ध

जब तपाईं ४० वर्षको हुनु हुनेछ, त्यो बेलादेखि तपाईंले वचतमा पनि ध्यान दिनु पर्छ । वचतलाई आफ्नो प्राथमिकता बनाउनु पर्छ । यसको अर्थ तपाईं कठोर नै हुनुपर्छ भन्ने होइन । पैसा खर्च गर्नु पर्छ, तर समझदारी अनुसार । यो उमेरमा पुगेपछि तपाईंले पैसाका लागि संघर्ष गर्न सक्नु हुन्न । आफ्नो भविष्यका बारेमा सोच्नु होस् र उचित योजना बनाउनु होस् । आफ्नो खर्च तथा बैंक एकाउन्टको व्यवस्थापनाका लागि कोही अरुमै निर्भर रहन छाड्नु पर्छ ।

उत्पादक बनौं

यो उमेरमा आएर तपाईंले अनावश्यक कुराहरुमा समय बर्वाद गर्नुु निरर्थक हुन्छ । त्यसैले अब तपाईं उत्पादक बन्नु पर्छ । यसको अर्थ के होइन भने तपाईं २४ घण्टा काम गर्नुहोस् । भनाइको अर्थ के हो भने तपाईंले आफ्ना कार्यहरुलाई परिणाममुखी बनाउनु अनिवार्य छ ।

त्याग्न पनि सक्नु पर्छ

यो उमेरमा आएपछि तपाईंले क्ष्ँमा दिन पनि सिक्नु पर्छ । मानिसहरुविरुद्ध गुनासो गर्न बन्द गर्नु पर्छ, त्यसको साटो माफी दिन थाल्नु पर्छ । गुनासो गर्नु पर्ने व्यक्तिहरुलाई माफी दिएर सकेसम्म चाँडो उनीहरुलाई बिर्सिदिनु पर्छ । यसबाहेक कसैबाट केही पनि अपेक्षा राख्नु हुँदैन । आशाले केवल मुटुको धड्कन मात्र बढाउँछ र तपाईंंको मानसिक शान्ति पनि खोसिदिन्छ । यदि तपाईंले जे चाहानु हुन्छ, त्यसका लागि तपाईंले आफैंलाई बनाउनु पर्छ, आफैंलाई शक्तिशाली बनाउने प्रयास गर्नु पर्छ ।

देखावटी बन्द गर्नु पर्छ

४० वर्षको उमेर पुगेपछि तपाईंले परिपक्व व्यवहार गर्न थाल्नु पर्छ । केवल परिपक्व व्यवहार गर्ने मात्र होइन परिवक्वतालाई प्राप्त पनि गर्नु पर्छ । त्यसैले ईष्या, अनुत्पादक प्रतियोगिता आदिको भावनाबाट बच्नु पर्छ । अहिले मानिसहरु सामाजिक सञ्जालमा धेरै नै समय बिताउँछन्, साथीहरुको समुहमा भड्किनु पनि यो उमेरको समस्या हो, त्यसैले तपाईंले वास्तविक जीवनको आनन्द उठाउने सक्दो प्रयास गर्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment