Comments Add Comment

शरीरमा रगतको कमी भएमा के खाने ?

शरीरमा रगतको कमी भयो भने शरीर कमजोर हुन्छ । शरीर सुस्त हुन्छ, अनुहार न्याउरो हुन्छ र हड्डी कमजोर हुन्छ । शरीरमा रगतको कमी किन हुन्छ ?

शरीरमा रातो रक्त कोशिकाहरुको कमी हुनाले एनोमिया अर्थात् रगतको कमी हुन्छ । रातो रक्त कोशिकाहरु नष्ट हुनु, शरीरबाट धेरै रगत बग्नु अथवा शरीरद्वारा पर्याप्त मात्रामा रातो रक्त कोशिकाहरु निर्माण गर्न नसक्नु जस्ता कारणहरुले यस्तो समस्या उत्पन्न हुन्छ ।

एनोमिया हुने विभिन्न कारणहरु छन् । तर, सबैभन्दा प्रमुख कारण शरीरमा आइरनको कमी हुनु हो । रातो रक्त कोशिकाहरुमा आइरनबाट पर्याप्त मात्रामा हेमोग्लोबिन नामक प्रोटिन प्राप्त हुन्छ ।

हेमोग्लोबिनले मानव शरीरको अलग-अलग अंगहरुमा अक्सिजन पुर्‍याउने काम गर्छ । हेमोग्लोबिन फोक्सोबाट अक्सिजन लिएर यसलाई रगतको माध्यमबाट शरीरको हरेका भागमा पुर्‍याउँछ । यो प्रक्रिया समस्त शरीर सञ्चालनका लागि अति नै महत्वपूर्ण हुन्छ ।

आइरनबाहेक फोलिट र भिटामिन बी–१२ को कमी हुनाले पनि रातो कोशिकाको निर्माणमा बाधा पुग्छ । यस्तो स्थितिमा यो समस्याबाट बच्नका लागि आइरन, भिटामिन बी र फोलिटयुक्त आहारको सेवन गर्नु आवश्यक हुन्छ ।

यदि तपाईं पनि विभिन्न शारीरिक समस्याहरुबाट ग्रसित हुनुहुन्छ भने औषधिसँगै आफ्नो खानामा यी खाद्य सामाग्रीहरु समावेश गर्नुहोस् ।

हरियो सागपात

पालुङ्गोको साग, ब्रोकाउली, मेथी, सिमी र हरियो केराउ जस्ता गाढा रंग भएका तरकारीहरु आइरनको राम्रो स्रोत हो । तर, पालुङ्गो जस्ता केही हरियो पात भएका तरकारीमा आइरनसँगै एगलेट नामक तत्व पनि पाइन्छ।

जसका कारण शरीरलाई आइरन ग्रहण गर्न बाधा पुर्‍याउँछ । त्यसैले हरियो पात भएको तरकारीसँग भिटामिन सी पनि सेवन गर्नु आवश्यक हुन्छ। किनभने भिटामिन सीले आइरनलाई शोषित गर्न सहयोग पुर्‍याउँछ । त्यसैले हरियो पात भएको तरकारीसँग भिटामिन सी युक्त खाद्य पदार्थ जस्तै सुन्तला, कागती, रातो क्याप्सिकम र स्ट्राबेरीको पनि सेवन गर्नु आवश्यक छ । यसो गर्नाले शरीरले सजिलै आइरन अवशोषित गर्छ ।

रातो मासु

यदि तपाईं मांशाहारी हुनुहुन्छ भने तपाईंले खानामा रातो मासुलाई समावेश गर्न सक्नुहुन्छ । रातो मासु पनि आइरनको सर्वोत्तम स्रोत हो । आफ्नो शरीरलाई स्वस्थ राख्न र आइरनको कमीलाई कम गर्नका लागि रातो मासुको सेवन गर्नुपर्छ ।

चुकन्दर

चुकन्दर अर्थात् बिटरुट आइरनको राम्रो स्रोत हो । जसले शरीरमा रातो रक्त कोशिकाहरुलाई मर्मत गर्न सहयोग गर्छ । चुकन्दरको सेवन गर्नाले हेमोग्लोबिन बढ्छ । चुकन्दरको तुलनामा यसको पातमा तीन गुना बढी आइरन हुन्छ । त्यसैले, चुकन्दरका साथै यसको पातलाई पनि सलादमा समावेश गर्नुपर्छ अथवा तरकारी पकाउदा चुकन्दरको पातको  पनि प्रयोग गर्न सकिन्छ ।

ओट

ओट पनि आइरनके उत्तम स्रोत हो । एक कप ओटमा ९ मिलिग्राम आइरन हुन्छ। जुन प्रि-मेनापोजको क्रममा रहेका महिलाहरुका लागि आधा आइरन बराबर हुन्छ । ओटमा दुध, केरा, किसमिस र मह मिसाएर खानाले  शरीर स्वस्थ रहिरहन्छ । यसको साथै शरीरलाई सम्पूर्ण पोषक तत्व पनि प्राप्त हुन्छ ।

आलु

जब आइरन पर्याप्त प्राप्त हुने खाद्य पदार्थको कुरा आउँछ। हाम्रो दिमागमा हरियो सागपात र मासु मात्र आउँछ। तर, तपाईंलाई यो कुरा सुनेर आश्चर्य लाग्नसक्छ । आलु पनि आइरनको राम्रो स्रोत हो । एक सय ग्राम आलुमा ७ मिलिग्राम आइरन पाइन्छ । त्यसैले अन्य तरकारीसँगै आलुलाई पनि प्राथमिकता दिनुपर्छ ।

किसमिस

रगत बनाउनका लागि आवश्यक भिटामिन-बी कम्प्लेक्सको कमीलाई किसमिसले पूरा गर्छ ।  आइरन भरपुर मात्रामा भएको कालो किसमिसको सेवन गरेर आफ्नो हेकोग्लोबिन बढाउन सक्नुहुन्छ ।

अञ्जिर

अञ्जिरमा भिटामिन-बी १, बी २, क्याल्सियम, आइरन, फस्फोरस, म्यागनिज, सोडियम, पोटासियम र क्लोरिन पाइन्छ । दुईवटा अञ्जिरलाई राति पानीमा भिजाएर बिहान त्यो पानी र अञ्जिर खानाले हेमोग्लोबिनको स्तर बढाउन सकिन्छ ।

अण्डा

दिनहुँ एउटा अण्डाको सेवन गर्नाले एक मिलिग्राम आइरन प्राप्त हुन्छ। जुन एनोमियाको समस्याबाट पीडित मानिसहरुका लागि अति नै फाइदाजनक हुन्छ । हप्तामा कम्तिमा पनि तीन दिन अण्डा खानुपर्छ । अण्डाको पहेँलो भागमा धेरै फ्याट र कोलेस्ट्रल हुन्छ। त्यसैले दुईवटा अण्डाको सेतो भाग र एउटा अण्डाको पहेलो भाग सहित खानुपर्छ ।

स्याउ

स्याउ एनोमिया जस्तो रोगका लागि अति नै फाइदाजनक हुन्छ । यसमा आइरनका साथ अन्य धेरै किसिमको पोषक तत्वहरु पाइन्छ । जसले हेमोग्लोबिनको स्तरलाई बढाउनका लागि आवश्यक हुन्छ। त्यसैले दिनहुँ एउटा स्याउ खानु आवश्यक छ ।

सुन्तला

आइरनलाई शरीरमा अवशोषित गर्नका लागि भिटामिन-सीको आवश्यकता पर्छ र सुन्तलामा पर्याप्त मात्रामा भिटामिन-सी हुन्छ । त्यसैले आफूले चाहे जस्तो परिणाम प्राप्त गर्नका लागि दिनहुँ एउटा सुन्तला पनि खानु आवश्यक छ ।

आलुबखडा

यो फल आइरन र भिटामिन-सीको उपयुक्त स्रोत हो र यी दुबै तत्वले शरीरमा हेमोग्लोबिनको स्तरलाई बढाउनका लागि सहयोगी हुन्छ ।

यसबाहेक सुकेको आलुबखडामा पनि पर्याप्त मात्रामा म्याग्नेसियम पाइन्छ । जुन रातो रक्त कोशिकाहरुको निर्माणमा सहभागी हुन्छ । यति मात्र नभएर म्याग्नेसियमले शरीरमा अक्सिजन प्रवाह गर्नपनि सहयोग पुर्‍याउँछ ।

केरा

केरामा पर्याप्त मात्रामा आइरन पाइन्छ । यसले शरीरमा हेमोग्लोबिन निर्माण बढ्छ । आइरनबाहेक केरामा फोलिक एसिड पनि पर्याप्त मात्रामा पाइन्छ । जुन रातो रक्त कोशिकाहरुको निर्माणका लागि आवश्यक हुन्छ । मह अथवा अमलाको रससँग केराको सेवन गर्नाले हेमोग्लोबिनको स्तर बढ्नसक्छ ।

अम्बा

अम्बा जति पाकेको हुन्छ। त्यति नै धेरै पौष्टिकताले भरिपूर्ण हुन्छ । पाकेको अम्बाको सेवन गर्नाले शरीरमा हेमोग्लोबिनको स्तर कम हुँदैन ।

बदाम

१० ग्राम भुटेको बदाममा शून्य दशमलव पाँच मिलीग्राम आइरन हुन्छ । यसबाहेक बदाममा क्याल्सियम र म्याग्नेसियम पनि पाइन्छ । यसको सेवन गर्नाले हेमोग्लोबिनको कमी पूरा गर्न सकिन्छ ।

काजु

१० ग्राम काजुमा शून्य दशमलव ३ मिलिग्राम आइरन हुन्छ । त्यसैले यसको नियमित सेवनले शरीरमा हेमोग्लोबिनको स्तर बढाउँछ ।

ओखर

ओखरमा ओमेगा ३ फ्याटी एसिडको मात्रा धेरै हुन्छ । यसबाहेक ओखरमा क्याल्सियम, म्याग्नेरियम, फाइबर र भिटामिन-बी पयाप्त मात्रामा पाइन्छ । यसको सेवन गर्नाले तपाईं शरीरमा हेमोग्लोबिनको कमी पूरा गर्न सकिन्छ ।

तुलसी

तुलसीलाई रगतको कमी कम गर्नका लागि रामवाण मानिन्छ । तुलसीको पातको सेवन नियमित रुपमा गर्नाले शरीरमा हेमोग्लोबिनको मात्रा बढ्छ ।

पेस्ता

पेस्तामा ३० भिन्दा-भिन्दै किसिमको भिटामिनहरु पाइन्छ । यसमा आइरनको मात्रा पनि पर्याप्त मात्रामा हुन्छ ।

कागती

कागतीमा भिटामिन-सी पर्याप्त मात्रामा पाइन्छ । यसले शरीरमा हेमोग्लोबिनको स्तर बढाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment