+
+

प्राविधिकलाई पल शाहको ५ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते १४:१६

२१ चैत, काठमाडौं । सिनेकर्मी पल शाहले कोरोना प्रभावित प्राविधिकहरुलाई सहयोग गर्ने घोषणा गरेका छन् । विश्वभर फैलिएको कोरोनाको महामारीबाट बच्नको लागि सरकारले नेपालभरीलाई दुईसाताको लागि लकडाउन गरेको छ ।

लकडाउनकै कारण चलचित्रजन्य क्रियाकलापहरु रोकिएका छन् । चलचित्रमा दैनिक काम गरेर गुजारा चलाउने प्राविधिकहरुलाई परेको संकटप्रति ध्यान दिँदै यस्तो घोषणा गरिएको शाहले जनाएका छन्।

पलले शुक्रबार आफ्नो सामाजिक सञ्जा‍लमार्फत् आर्थिक स्थिति कमजोर भएका प्रविधिक तथा सहयोगीहरुको लागि सहयोग गर्न लागेको जानकारी दिएका हुन् ।

पलले आफ्नो व्यक्तिगत तर्फबाट पाँच लाख सहयोगको घोषणा गरेका छन् । उनले आफ्नै हातबाट प्राविधिकहरुलाई सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् ।

यस सहयोग वितरण कार्यक्रममा प्राविधिक संघले सहयोग गर्ने उनले अपेक्षा राखेका छन् ।

पलले आर्थिक अवस्था कमजोर भएको र चलचित्र क्षेत्रमा सकृय हरेकको साथमा आफू भएको र केही अफ्ट्यारो परे सहयोग गर्न तयार भएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?