Comments Add Comment

चीनको सेन्जेनमा कुकुर र बिरालाको मासु प्रतिबन्ध

२१ चैत, बेइजिङ। चीनको सेन्जेन सहरमा कुकुर तथा बिरालोको मासु खान प्रतिबन्ध लागेको छ । योसँगै सेन्जेन कुकुर बिरालोको मासुलाई प्रतिबन्ध लगाउने चीनको पहिलो सहर बनेको छ ।

कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै सहर प्रशासनले यस्तो कदम चालेको हो ।

हाल आतंक मच्चाइरहेको कोरोना भाइरसको उत्पत्तिको खास स्रोत अहिलेसम्म पनि पत्ता नलागेको भएतापनि जंगली जनावरको मासु खाँदा जनावरबाट मानिसमा भाइरस सरेको अनुमान गरिएको छ ।

अझ कोरोना भाइरसको उद्गमस्थलको रूपमा रहेको वुहान सहरस्थित जंगली जनावरहरूको मासु बेच्ने बजारबाटै कोरोना भाइरस फैलिएपछि त्यसले चिनियाँहरूको खानपानप्रति मानिसहरूको नकारात्मक टिप्पणी बढेको थियो ।

त्योसँगै चीनले फेब्रुअरी महिनामा जंगली जनावरको व्यापार तथा जंगली जनावरको मासु सेवनमा प्रतिबन्ध लगाइसकेको थियो । तर, सेन्जेन सहरले त्योभन्दा एक कदम अघि बढ्दै कुकुर र बिरालोको मासुमा पनि प्रतिबन्ध लगाएको हो ।

एक रिपोर्ट अनुसार, एसियाली देशहरूमा मासुकै लागि हरेक वर्ष तीन करोड कुकुर मारिन्छन् । चीनमा मात्रै बर्सेनी एक करोड कुकुर र ४० लाख बिरालोहरू मासुकै लागि मारिन्छन् ।

सेन्जेन सरकारका अनुसार, कुकुर र बिरालोहरू पाल्तु जनावरका रूपमा मानिसको निकै नजिक छन् । मानिसको साथी जनावरको मासु खाने कुरामा विकसित देशहरूले बन्देज लगाइसकेका छन् र त्यो बन्देज मानव सभ्यता अनुकूल रहेको बताइन्छ।

जनावर अधिकारवादी संस्थाहरूले कुकुर बिरालोको मासुमा प्रतिबन्ध लगाउने चीनको सेन्जेन सहरको निर्णयलाई स्वागत गरेका छन् ।

सेन्जेन सहरमा कुकुर बिरालोको मासुमा प्रतिबन्ध लगाउने सह्रानीय कामका बाबजुद चीनले कोरोना संक्रमित बिरामीहरूको उपचारमा भालुको पित्तको प्रयोग गर्ने अनुमति दिएको छ । चीनमा भालुको पित्तलाई पत्थरी तथा कलेजोको रोगलगायतमा समेत प्रयोग गरिन्छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment