Comments Add Comment

कोरोना भाइरसका बाहिर नआएका पाँच तथ्य

अहिले सम्पूर्ण संसारमा नै कोरोना भाइरसको बारेमा बहस र सर्वेक्षण मुख्य विषय  बनेको छ । कोरोना भाइरससँग सम्बन्धित त्यस्ता पाँच कुराहरु, जुन अहिलेसम्म अगाडि आएका छैनन्। ती कुराहरुलाई हामी यहाँ प्रस्तुत गर्दैछौं ।

१. भिन्दा-भिन्दै मानिसहरुमा यसको असरमा किन यति धेरै अन्तर रहेको छ ?

कोरोना भाइरसको चपेटामा आएका मानिसहरु मध्ये ८० प्रतिशत मानिसहरुमा यसको लक्षणहरु देखिँदैन भने बाँकी मानिसहरुमा यो भाइरसको गहिरो असर हुन्छ । यसको सामना गर्दागर्दै कतिले आफ्नो ज्यान गुमाउँछन् भन्ने कुरा वैज्ञानिकहरुले बुझ्न सकेका छैनन् ।

हङकङको मेडिकल कलेजका प्रोफेसर लियोबोनका अनुसार कोरोना भाइरसले भिन्दा-भिन्दै मानिसलाई भिन्दा-भिन्दै तरिकाले आफ्नो चपेटामा लिनसक्छ ।

चीनमा केही मानिसहरु यो भाइरसको चपेटामा आएका थिए । तर, उनीहरुमध्ये कतियपयलाई  यो भाइरसले कुनै असर पुर्‍याउन सकेन भने धेरैको ज्यानै समेत लियो ।

२. के कोरोना भाइरस हावामा फैलन सक्छ ?

कोरोना भाइरस संक्रमित व्यक्तिले खोक्दा अथवा हाछयुँ गर्दा निस्केका थुक र सिंगानको छिट्टाहरुबाट अरु मानिसहरुमा फैलन्छ भन्ने कुरा सबैलाई थाहा नै छ । तर, के यो भाइरस मौसमी इन्फ्लुएन्जा जस्तै हावामा पनि फैलनसक्छ भन्ने प्रश्नको अहिले निश्चित जवाफ भेटिएको छैन ?

न्यु इंग्ल्यान्ड मेडिकल म्यागेजिनमा छापिएको सर्वेक्षण अनुसार प्रयोगशालामा भाइरस तीन घण्टासम्म हावामा जीवित रहेको देखियो । तर, हावामा रहने अन्य रोगहरुलाई पनि यसले फैलाउने क्षमता राख्छ कि राख्दैन भन्ने कु्रा पत्ता लाग्न सकेको छैन ।

पेरिसको सेन्ट अन्टवान अस्पतालमा संक्रामक रोग एकाईका प्रोफेसर कारिन लाकोम्बा भन्छन्- ‘हावामा समावेश यो भाइरसको सम्पर्कमा त हामी आउँछौं । तर, हावामा समावेश यो भाइरस संक्रामक हुन्छ कि हुँदैन भन्ने कुरा स्पष्ट छैन भन्ने कुरा हामीलाई थाहा छ ।’

३. कुनैपनि देशको संक्रमित मानिसहरुको संख्या कति छ ?

जुन समयमा बेलायतले आफ्ना देशमा संक्रमितहरुको संख्या दुईहजारभन्दा कम भनेको थियो, त्यो समयमा देशभरीमा ५५ हजार भन्दा बढी मानिस यो भाइरसबाट संक्रमित थिए । त्यसैले आफ्नो देशमा कति मानिसहरु संक्रमित छन् भनेर कुनै पनि देशका लागि सही तथ्यांक निर्धारित गर्न अति नै कठिन छ । यसका लागि सर्वेक्षणको नयाँ चरणको प्रतिक्षा गर्नुपर्छ ।

४.के गर्मी मौसममा कोरोना भाइरस नष्ट हुन्छ ? के चर्को घामले कोरोना भाइरसको असर कम हुन्छ ?

यस बारेमा विशेषज्ञहरु भन्छन्–‘यो सम्भावनालाई नकार्न त सकिँदैन। तर, ठोस रुपमा केही पनि भन्न सम्भव छैन । इंन्फ्लुएन्जाको अन्य भाइरसहरु चिसो मौसममा धेरै समयसम्म जीवित हुन्छ र फैलिन्छन् । तर, हार्वर्ड युनिभर्सिटीले गरेको सर्वेक्षणमा केवल तापक्रम बढ्नाले मात्र कोरोना भाइरस नष्ट हुँदैन भन्ने कुरा पत्ता लगाएको छ ।

५. बालबालिकाहरु कम मात्रामा यो भाइरसको चपेटामा आउनुको कारण के हो ?

नेचर म्यागेजिनद्वारा चीनमा गरिएको सर्वेक्षणको नतिजा प्रकाशित भएको छ । जसका अनुसार दश जना कोरोना संक्रमित बालबालिकामा निरीक्षण गरिएको थियो । जसमा ती संक्रमित बालबालिकालामा कोरोना भाइरसको कस्तो असर हुन्छ भन्ने कुरालाई निरीक्षण गरिएको थियो ।

जसको नतिजामा ती बालबालिकालाई कोरोना भाइरसका कारण घाँटीमा हल्का इन्फेक्सन, हल्का खोकी र हल्का ज्वरो आएपछि भाइरस कम भयो ।

सर्वेक्षणकर्ताहरुका भन्छन् -‘बालबालिकामा कोरोना भाइरस असर यति हल्का किन हुन्छ ? भन्ने कुरा अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । वैज्ञानिकहरुले यी कुराहरुका बारेमा पनि पत्ता लगाउने छन् भन्ने हामीलाई आशा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment