+
+

राष्ट्रपतीय चुनाव सर्दैन : ट्रम्प

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २२ गते १०:१०

२२ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० का लागि तय अमेरिकी राष्ट्रपतीय निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् ।

कोभिड-१९को प्रकोपले अमेरिका आक्रान्त बनेपछि निर्धारित निर्वाचन कार्यतालिकाबारे अनेक अड्कलबाजी भइरहेकाबेला ट्रम्पले यस्तो बताएका हुन् ।

अमेरिकी राष्ट्रपतिको लागि आउँदो हिउँदमा निर्वाचन तय भएको छ ।

यसैबीच, ट्रम्पले सरकारले चालेका पछिल्ला कदमले धेरै जनताको ज्यान बचेको दाबी पनि गरेका छन् ।

‘सरकारले चालेका पछिल्ला कदमहरूले धेरै जनताको ज्यान बचेको छ । सरकार चुनाव गराउन पनि सक्षम छ,’ ट्रम्पले आसन्न राष्ट्रपतीय निर्वाचनबारे भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?