
२२ चैत, काठमाडौं । अमेरिकाको पिटसवर्ग मेडिकल सेन्टर युनिभर्सिटी (यूपीएमसी)का डाक्टरले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको सम्भावित खोप पत्ता लगाएको बताएका छन् ।
उनीहरुले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमार्फत २१ जनवरीदेखि नै खोपको विकास सुरु गरिएको जानकारी दिएका हुन् । यो खोप सुरुमा मुसामा परीक्षण गरिएको थियो । दुई सातामा खोपको प्रभावले मुसामा भाइरसविरुद्ध एन्टिविडिज विकास भएको बताइएको छ ।
यो खोप कोरोना भाइरसका लागि निकै प्रभावकारी हुने र यो खोप लिँदा कुनै पीडा नहुने शोधकर्ताहरुले बताएका छन् ।
उनीहरुकाअनुसार सार्स र मार्स भाइरस पनि कोभिड-१९ सँग निकै मिल्दाजुल्दा थिए । यो अनुभवले अहिले यो खोप बनाउन आफूहरुलाई मार्गनिर्देश गरेको उनीहरुको भनाइ छ ।
विशेषज्ञहरुले यो खोप बजारमा उपलब्ध हुन १२ देखि १८ महिनासम्म लाग्न सक्ने बताएका छन् ।
तर यूपीएमसीका शोधकर्ताले समयसीमा सरकारको अनुमोदन र परीक्षणमा निर्भर रहने बताएका छन् । उनीहरुले सरकारबाट अनुमोदन हुनासाथ आफूहरुले यसको परीक्षण सुरु गर्ने बताएका छन् ।
प्रतिक्रिया 4