+
+

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २३ गते १३:४७

२३ चैत, काठमाडौं । आउँदो वैशाख ६ र ७ गतेका लागि तय गरिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम अनिश्चितकालसम्मका लागि स्थगित भएको छ ।

कोरोनाले विश्वव्यापी महामारीको रूप लिएपछि सरकारले निर्धारित कार्यक्रम स्थगित गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी रूप लिइरहेको कोरोनाप्रति सतर्कता अपनाउँदै निर्धारित कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

‘विश्वव्यापी महामारीको विषम परिस्थिति देशले सामना गरिरहेको अवस्थामा योसँग सम्बन्धित गतिविधिबाहेक अन्य कार्यक्रमहरू बन्द रहेको र सो समयमा हालको परिस्थिति सुधार हुने अवस्थासमेत नभएकाले स्थगित गरिएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी सर्कुलरमा भनिएको छ ।

स्वास्थ्य मन्त्रालयले स्थगित कार्यक्रमबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मुख्यमन्त्री कार्यालयलगायतलाई पत्राचार गर्दै परिस्थितिमा सुधार आएपछि कार्यक्रम सञ्चालन हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?