
२३ चैत, काठमाडौं । नेपालमा कोरोनाको संक्रमण फैलिएमा बैंकहरुको अवस्था के हुन्छ भन्ने प्रश्न लकडाउनपूर्व नै उठेको थियो । राष्ट्र बैंकका कार्यवाहक गभर्नर चिन्तामणि सिवाकोटीले देशमा लकडाउन भए पनि बैंकले सेवा दिइरहने बताएका थिए ।
बैंकर्स संघका अध्यक्ष भुवन दाहाल र संघकै निवर्तमान अध्यक्ष अनिलकेशरी शाहले पनि अनलाइनखबरसँगको कुराकानीमा बैंकले जस्तोसुकै विपत्ति आए पनि सुविधा दिने बताएका थिए । नभन्दै देश लकडाउनमा गयो । बैंकिङ क्षेत्रलाई पनि लकडाउनले प्रभावित गर्ने नै भयो ।
यद्यपि, सर्वसाधारणको सुविधाका लागि भन्दै उच्च सुरक्षा सतर्कता अपनाएर बैंकहरुले लकडाउनमा पनि सुविधा दिइरहेका छन् ।
यसै सन्दर्भमा अनलाइनखबरले दुई दिनअघि राजधानीका बैंकहरुले कसरी सेवा दिइरहेका छन् भन्नेबारे एउटा भिडियो स्टोरी गरेको थियो ।
हेर्नुहोस् भिडियो –
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4