Comments Add Comment

सनराइज बैङ्कद्वारा व्यक्तिगत सुरक्षात्मक उपकरण वितरण

२४ चैत, काठमाडौं । सनराइज बैङ्कले भक्तपुर क्यान्सर अस्पताल र तिलगंगा आँखा अस्पतालका चिकित्सक एवं परिचारिका (नर्स)का लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई वितरण गरेको छ ।

कोरोना भाइरस (कोभिड-१९) महामारी फैलिएको र नेपालमा पनि केही मानिसमा देखिएको परिप्रेक्षमा त्यसको जोखिम बढेको हुँदा विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले निभाएको भूमिका सह्राना गर्दै यस्तो सहयोग गरेको हो ।

बैङ्कको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत् कोरोना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि उक्त पीपीई दिएको हो । सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले भक्तपुर क्यान्सर अस्तपतालका मेडिकल निर्देशक प्रोफेसर डा.ऋषिकेश नारायण श्रेष्ठलाई १५ थान पीपीई र पाँच सय थान मास्क हस्तान्तरण गरे।

साथै, तिलगंगा आँखा अस्पतालमा पनि पाँच थान पीपीई बैंकका प्रमुख कार्यकारी अधिकृतले हस्तान्तरण गरे । हालसम्म सनराइज बैंकले सातै प्रदेशमा रहेको विभिन्न अस्पतालमा चार सय वटाभन्दा बढी पीपीई उपलब्ध गराइसकेको छ। साथै, अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको बैङ्कले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment