
२४ चैत, काठमाडौं । कालीमाटी र बल्खु तरकारी बजारको भिड व्यवस्थित गर्न काठमाडौं उपत्यकाको ११ मुख्य चोकहरुबाट तरकारी बिक्री गरिने भएको छ । काठमाडौं महानगरपालिकाले कोरोना संक्रमण सुरक्षा तयारी अपनाएर तरकारी बिक्री वितरण गर्न उक्त स्थान उपलब्ध गराउने निर्णय गरेको हो ।
तरकारी बिक्री गर्न कलंकी, बाफल, स्वयम्भु, वनस्थली गोंगबु, वसुन्धारा, गोपीकृष्ण चोक, लैनचौर, रत्नपार्क/बसपार्क र कोटेश्वर चोक छनोट गरिएको महानगरपालिकाले जनाएकाे छ । सकेसम्म बुधबारबाट त्यस्ता पसल सञ्चालनमा आउने महानगरकाे विश्वास छ ।
पहिलो चरणमा महानगरपालिकाले परीक्षणका लागि ११ ठाउँबाट थोक बिक्रीका लागि स्थान उपलब्ध गराएको महानगरपालिकाका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए।
‘कालीमाटी तथा बल्खुको फलफूल बजारमा बढ्दो भिडभाड नियन्त्रण-व्यवस्थापन गर्न हामीले विभिन्न ११ स्थानबाट बिहान ८ बजेसम्म तरकारी बिक्री गर्ने व्यवस्थाका लागि स्थान उपलब्ध गराउने भएका हौँ,’ भण्डारीले भने, ‘सबै ठाउँमा सबै खाले फलफूल र तरकारी उपलब्ध गराउने व्यवस्थापन गर्न पनि हामीले भनेका छौँ ।’
प्रतिक्रिया 4