+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जसले सवारी पास लिन आमाको मृत्युको झुटो विवरण दिए

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २५ गते ८:१०
झुटो विवरण पेस गरी ललितपुरबाट सप्तरी जानका लागि सवारी पास मागिएको बस

२५ चैत, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेको छ । अत्यावश्यक अवस्थामा हिँड्नका लागि प्रशासनले सवारी अनुमति पास दिँदै आएको थियो ।

दुरुपयोग हुन थालेपछि गृह मन्त्रालयको निर्देशनमा पास वितरणमा कडाइ गरिएको छ । तर, प्रशासनको कडाइका बाबजुद पनि सर्वसाधारणको अटेरिपन छुटेको छैन । ललितपुरमा एक जना व्यक्तिले आफ्नो आमाको मृत्यु भएको झुटो विवरण पेश गरेर सवारी चालकको पास लिएका छन् ।

सप्तरीको सुरुङ्गा नगरपालिका–६, महोलिया घर भइ ललितपुर–३, पुल्चोक बस्ने शुभनारायण चौधरी दुई दिनअघि जिल्ला प्रशासन कार्यालय, ललितपुरमा सवारी पास बनाउन गए । अत्यावश्यक अवस्थामा मात्र पास वितरण हुने बुझेका उनले आफ्नै आमाको मृत्यु भएको झुटो विवरण प्रस्तुत गरे ।

प्रशासनबाट सवारी चलाउने अनुमति त उनले पाए, तर प्रहरीको नजरबाट भने बच्न सकेनन् । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राई आमाको मृत्यु भएको भन्दै बस रिजर्भ गरेर ३० जनाभन्दा बढी जान लागेको विवरण दिनेवित्तिकै शंका भएको बताउँछन् ।

‘अनुसन्धानको सिलसिलामा हामीले घरमा दाजुको नम्बर, बुबाको नम्बर माग्नेवित्तिकै उनीहरुको बोल्ने शैली नै फेरियो’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राईले अनलाइनखबरसँग भने, ‘त्यसपछि उनीहरुको झुठ छिप्न सकेन ।’

प्रहरीले आमाको मृत्यु भएको झुटो विवरण दिने ४५ वर्षीय शुभनारायण चौधरीसहित ३० वर्षीय जितेन्द्रप्रसाद चौधरी र ४६ वर्षीय नरेश चौधरीलाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध अभद्र व्यवहारको कसूरमा कारबाही हुनसक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?