Comments Add Comment

सुन्न नसक्ने मान्छेका लागि यी किशोरीले बनाइन् विशेष मास्क

कोरोना भाइरस महामारीबीच अहिले विश्व बजारमा मास्कको हाहाकार छ । स्वास्थ्यकर्मीदेखि आमसर्वसाधारणका लागि कोरोनाभाइरस संक्रमणबाट जोगिने सबैभन्दा प्रमुख एउटा साधन मास्क पनि हो । मास्क अनेक खालका हुन्छन् । कतिपय सामान्यखालका सर्जिकल मास्क त कति विशेष खालका एन ९५ जस्ता मास्क । उता अमेरिकामा कलेज पढ्ने एक किशोरीले चाहिँ कान सुन्न नसक्ने मानिसहरूलाई लक्षित गरी विशेष खालको मास्क बनाएकी छन् ।

अमेरिकको इस्टर्न केन्टकी विश्वविद्यालयमा पढ्ने एस्ले लरेन्जले बजारमा उपलब्ध मास्कहरू श्रवणशक्ति नभएका मानिसहरूका लागि निकै असजिलो भएको ठहर गर्दै विशेष मास्क तयार गरेकी हुन् ।

उनी आफैं पनि अहिले सेल्फ आइसोलेसनमा छिन् । विश्वविद्यालयमाहरू सुस्त श्रवण विषयमा अध्ययन गरिरहेकी एस्लेले श्रवण शक्ति नभएका मानिसहरूको पीडालाई नबुझ्ने कुरै भएन । त्यसैले उनले कान नसुन्ने र बोल्न नसक्ने मानिसहरूका लागि आफ्नै आमासँग मिलेर विशेषखालको मास्क उत्पादन गरिन् ।

घरमै सिलाएर तयार पारिएको उक्त मास्कमा मुखको क्षेत्रमा प्लास्टिक राखिएको छ । अर्थात् यो मास्क लगाउने मानिसको ओठमुख पारदर्शी प्लास्टिकबाट प्रष्ट देखिन्छ । जसका कारण श्रवण शक्ति नभएका व्यक्तिहरूले सांकेतिक भाषासहित ओठ चलाएको कुरा अरू मानिसले देख्न सक्दछन् र उनीहरूको सांकेतिक भाषा बुझ्दछन् ।

आफूले उत्पादन गरिरहेका मास्क उनी श्रवण शक्ति नभएकाहरूलाई निःशुल्क रूपमा वितरण गरिरहेकी छन् । उनको कामको सबैले प्रशंसा गरेका छन् भने उनलाई आर्थिक सहयोग पनि सुरु गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment