Comments Add Comment

इटालीद्वारा ४ खर्ब ३० अर्ब आर्थिक सहायता कोष सार्वजनिक

काठमाडौं । इटालीले कोरोना भाइरस (कोभिड–१९) को आक्रान्त बनेको अर्थतन्त्रलाई टेवा दिन चार खर्ब ३० अर्ब डलर (चार खर्ब यूरो)को आर्थिक सहायता कोष सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरे अनुसार भाइरसको कारण मुलुकमा जारी लकडाउन अझै केही सातासम्म जारी रहने अनुमानको बीचमा व्यवसायलाई ऋण सहज गराउन आर्थिक सहायता प्याकेज ल्याइएको हो ।

इटालीका प्रधानमन्त्री गिउसेपे कोन्टेले इटाली कोभिड–१९ को महामारीबाट मुलुक समस्यामा पर्न सक्ने बताएका छन् । अहिलेसम्म इटालीमा यसबाट मृत्यु हुनेको संख्या १६ हजार पाँच सय २३ पुगिसकेको छ । भाइरसको कारण मुलुकमा अस्थायी बेरोजगारको संख्या १० लाख नाघ्न उनको भनाइ छ ।

कोन्टेले यो कोभिड–१९ लाई ‘मुुलुकको इतिहासमा अहिलेसम्मकै ठूलो हस्तक्षेप’ भएको बताएका छन् । सोमबार इटालीमा गत मार्च १७ यताकै सबैभन्दा कम नयाँ संक्रमित फेला परेका थिए । आगामी दिनमा इटालीमा कोभिड–१९को महामारी कम हुन सक्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment