+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जीटूजीबाट मेडिकल सामग्री किन्न पाँच देशलाई पत्राचार

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २६ गते १८:५६

२६ चैत, काठमाडौं । सरकारले जीटूजीमार्फत कोरोना संक्रमणविरुद्धका मेडिकल सामग्री किन्नका लागि चीन र भारत सहित पाँच देशलाई पत्राचार गरेको छ । नेपाली सेनाले ल्याउने ती सामग्रीको सूचीसहित परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका दूतावासमार्फत पत्राचार गरेको हो ।

स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले नेपाल सरकारले जीटूजीमार्फत मेडिकल सामग्री खरिद गर्नुपर्ने भएकाले दूतावासमार्फत पहल गरेको हो । नेपाली सेनाले पनि ती देशमा रहेका राजदूतावासका सैनिक सहचारीमार्फत सामाग्रीहरु खरिदबारे पहल थालेको छ ।

सरकारले चीन सहित भारत, सिंगापुर, दक्षिण कोरिया र जापानसँग अत्यावश्यक पीपीई सहितका मेडिकल सामग्री खरिद गर्न खोजेको छ । सबै दूतावासमार्फत नेपाललाई आवश्यक पर्ने सामग्रीहरुको सूची पठाइएको स्रोतले जनाएको छ ।

सम्बन्धित देशबाट कुन सामग्री कतिमा दिने भन्ने जानकारी आएपछि खरिद प्रक्रिया अघि बढ्नेछ । यसबीचमा देशभित्र पर्याप्त सामग्री रहेको र स्वास्थ्य सेवा विभागले पनि टेण्डर आह्वान गरिसकेको एक मन्त्रीले बताए । जीटूजी प्रक्रिया झन्झटिलो रहेको उनको भनाइ छ ।

सरकारले सीधै सम्बन्धित देशको सरकारसँग सामान खरिद गर्न खोजेको छ र बीचमा कुनै एजेन्ट नहुने भनिएको छ । तर, ती देशका सरकार आफैँले सामग्री उत्पादन नगर्ने भएकाले निजी कम्पनीबाट सम्बन्धित सरकारले किनेर नेपाललाई बेच्नुपर्दा झण्झटिलो हुन्छ।

निजी कम्पनीमार्फत खरिद गर्न खोज्दा विवाद भएपछि सरकारले अत्यावश्यक सामग्री जीटूजीमार्फत खरिद गर्न लागेको हो । खरिदको जिम्मा सेनालाई दिइएको छ । नेपाली सेनाले विद्यमान ऐन नियम अनुसारनै खरिद हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?