Comments Add Comment

स्थानीय तहका प्रमुखसँग मुख्यमन्त्रीको भिडियो संवाद

२६ चैत,बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सीमावर्ती पाँच स्थानीय तहका प्रमुखसँग एकीकृत भिडियो संवाद गरेका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रण प्रयासबारे जानकारी लिन पोखरेलले भारतसँग सीमा जोडिएका प्रदेशअन्तर्गतका पाँच स्थानीय निकायका प्रमुखसँग संवाद गरेका हुन् ।

नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापा, कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप साह, रूपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला र दाङको गढवा गाउँपालिका अध्यक्ष सहजराम अहिरसँग मुख्यमन्त्री पोखरेलले संवाद गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

एकीकृत भिडियो संवादमा कोरोना रोकथाम र नियन्त्रणका लागि तीन तहका सरकारले अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

पालिका प्रमुखहरुबाट अहिलेसम्म गरेका कामबारे जानकारी लिएपछि मुख्यमन्त्रीले कोरोना नियन्त्रणमा आगामी दिनमा गर्नुपर्ने कामबारे मार्गनिर्देश गरेको केसीले जानकारी दिए ।

मुख्यमन्त्रीको निर्देशनपछि स्थानीय तहका प्रमुखहरूले आफूले चालेका कदमबारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment