Comments Add Comment

कोरोनाविरुद्धको अभियानमा खेलाडी पनि परिचालन गरिने

खेलकुद मन्त्रीको एक महिनाको तलबसहित २ लाख ९१ हजार कोरोना कोषमा

२६ चैत, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी र युवालाई कोरोना विरुद्धको अभियानमा स्वयमसेवकको रुपमा परिचालन गर्ने तयारी गरेको छ ।

त्यसका लागि मंगलबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विकको अध्यक्षतमा बसेको बैठकले खेलकुद मन्त्रीको संयोजकत्वमा ९ सदस्यीय स्वयमसेवक व्यवस्थापन तथा परिचालन समिति गठन गरिएको छ ।

चैत २४ गतेको मन्त्री परिषदको निर्णय अनुसार युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा समिति गठन गरेर युवा तथा खेलाडीहरुलाई राहत वितरणमा स्वयमसेवकको रुपमा परिचालन गर्ने निर्णय गरेको थियो ।

त्यसै अनुसार बैठकले कवरोना संक्रमणविरुद्वको अभियानमा राहत वितरणलगायतका काममा युवा, खेलाडी तथा स्काउटलाई स्वयमसेवकको रुपमा परिचालन गर्ने निर्णय बुधबार विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो ।

समितिले कोरोनाविरुद्वको अभियानमा राहात वितरणलगायतमा युवा, खेलाडी तथा स्काउटलाई स्वयमसेवकको रुपमा व्यवस्थापन तथा परिचालन गर्ने, योजना बनाउने र निर्णय कार्यान्वयनका लागि आवश्यक समन्वय गर्नेछ ।

समितिमा युवा तथा खेलकुदमन्त्रीसहित मन्त्रालयका सचिवरामप्रसाद थपलिया, युवा विज्ञ माधव ढुङ्गेल, राखेप सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारी, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख बाबुराम ढुङ्गाना, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विष्णुप्रसाद गौतम र मन्त्रीले तोकेका एक जना विज्ञ रहनेछन् । समिति सदस्य सचिवमा मन्त्रालयका सहसचिव मानबहादुर बीके रहनेछन् ।

बैठकले स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गरी स्वंयमसेवक व्यवस्थापन तथा परिचालन गर्नका लागि युवा परिचालनको जिम्मेवारी राष्ट्रिय युवा परिषद्, खेलाडी परिचालनको जिम्मेवारी राखेप, स्काउट परिचालनको जिम्मेवारी नेपाल स्काउटलाई दिने निर्णय गरेको छ ।

बैठकले कोरोना संक्रमणविरुद्धको अभियानमा सामाजिक दुरी कायम राखनी सावधानीपूर्वक परिचालित हुन युवा, खेलाडी तथा नेपाल स्काउटलाई आग्रह गरेको छ । बैठकले युवा, खेलाडी र स्काउटले सामाजिक दुरी कायम गरि गर्न सक्ने विभिन्न २० बुँदासमेत सार्वजनिक गरेको छ ।

यसैगरी युवा तथा खेलकुदमन्त्री सुनाको एक महिनाको तलब र मन्त्रालयका अन्य कर्मचारीहरुबाट संकलन गरिएको कूल २ लाख ९१ हजार रकम नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गरिएको जनाएको छ । साथै अन्य सम्बन्धित निकायलाई पनि सहयोग गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment