+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कोरोना संक्रमितको सम्पर्कमा पुगेका ३२ जनाको रिपोर्ट नेगेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २६ गते २१:४३

२६ चैत, काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै कोरोना (कोभिड-१९) संक्रमितको कन्ट्याक ट्रेसिङको काम सकेको छ।

महाशाखाको निर्देशक वासुदेव पाण्डेको अनुसार विज्ञसहितको ११ वटा टोलीले कन्ट्याक ट्रेसिङको काम सकेको हो। उनले भने, ‘कन्ट्याक ट्रेसिङको गरेका सबैको नमूना परीक्षण गर्दा कसैमा पनि कोरोना संक्रमण भेटिएन्।’

पाण्डेका अनुसार भारतको मुम्बइबाट आएका भनिएका २ संक्रमित र धनगढीको स्थानीय महिलाको प्रत्यक्ष सम्पर्कमा आएका गरेर ३२ जनाको कन्ट्याक ट्रेसिङ गरिएको थियो ।  उनीहरु सबैको नतिजा नेगेटिभ आयो।

बाग्लुङ धनगढी र काठमाडौं सबै ठाउँका संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई कोभिड-१९ नदेखिएकाले अब कोरोनाको जोखिम नरहेको पनि उनले बताए। भने, ‘सम्भावित संक्रमितहरुलाई संक्रमण नदेखिएकाले पनि जोखिम कम भएको हो।’

बुधबार गरिएको अन्य नमूना परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले अहिले नै अरु केही आकलन गर्न नसक्ने पनि महाशाखाको निर्देशक पाण्डेले बताए। उनले भने, ‘दोस्रो संक्रमितसँगै यात्रा गरेर आएका २ जनाको सम्पर्क पत्ता नलागेकाले परीक्षण गरिएको छैन्, तर उहाँहरु आएको २ साता बढी भइसकेकाले स्वस्थ नै हुनुहुन्छ होला।’

महाशाखाको निर्देशक पाण्डेका अनुसार धनगढीमा देखिएको पछिल्लो २ संक्रमितलाई सिधै क्वारेन्टाइनमा राखिएको थियो । जसको कारण ति संक्रमितले धेरै मानिसहरुसँग सम्पर्क गर्न पाएनन्। सम्पर्कमा आएका जतिका सबैको नतिजा नेगेटिभ देखियो।

उनले भने, ‘आज संकलन गरिएका सबै नमूना पनि नेगेटिभ आयो भने हामी कम खतरामा हुन्छौ।’ बुधबार टेकुस्थित राष्ट्रिय जनस्वासथ्य प्रयोगशालामा ८०० भन्दा बढी नमूना परीक्षणको लागि ल्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?