+
+
Shares

राहत वितरण एकद्वार प्रणालीबाट : मुख्यमन्त्री राई

रासस रासस
२०७६ चैत २७ गते ९:२६

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले लकडाउनका कारण समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारी मजदुरलाई प्रदेश सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको बताएका छन् ।

विभिन्न राजनीतिक दलको संयन्त्रले तयार पारेको अनुगमनको प्रतिवेदन बुधबार बुझ्दै उनले कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले गरेको लकडाउनबाट प्रभावित विपन्न वर्गलाई वितरण गरिने राहत व्यवस्थित गर्ने अभियानमा सघाउन राजनीतिक दललाई आग्रह गरे ।

मुख्यमन्त्री राईले सामाजिक संघसंस्थाले वितरण गरिरहेको राहत सहयोगलाई व्यवस्थित गर्न राजनीतिक दलले आफ्नो संयन्त्रमार्फत स्थानीय तहसम्म सहजीकरण गर्दा राहत वितरणमा सहयोग पुग्ने बताए ।

नेपाल सरकारको निर्देशिकाअनुसार स्थानीय तहले संयन्त्र बनाएर एकद्वारबाट राहत वितरण गर्नुपर्ने भए पनि सङ्घसंस्थाले वितरण गर्नेक्रम नरोकिएपछि मुख्यमन्त्री राईले दलहरुलाई यस्तो आग्रह गरेका हुन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?