Comments Add Comment

कोरोना रोकथाम कोषमा प्रदेश प्रमुखले दिए एक महिनाको तलब

२७ चैत, बुटवल । प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आफ्नो एक महिनाको तलव प्रदेश सरकारले स्थापना गरको कोरोना नियन्त्रण तथा उपचार कोषमा दिने भएका छन् ।

प्रदेश प्रमुखको कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी प्रदेश प्रमुख यादवले आफ्नो एक महिनाको तलव कोरोना नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन निर्देशन दिएकोे जानकारी दिएको छ ।

कोरोना भाइरसको महामारीको अवस्थामा नआत्तिकन संकटको सामना गर्न र संघ, प्रदेश तथा स्थानीय सरकारबाट घोषित रोकथामका उपायहरूको अवलम्बन गर्न पनि प्रदेश प्रमुखले आह्वान गरेका छन् ।

यसअघि प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्ती र उपसभामुख कृष्णी थारूले पनि एक–एक महिनाको तलव, प्रदेश सभा सदस्यहरूले १५ दिनको र प्रदेश सभा सचिवालयका कर्मचारीले तहअनुसार सात, पाँच र तीन दिन बराबरको तलव गरी २३ लाख ३० हजार चार सय २५ रूपैयाँ कोषमा जम्मा गरेका छन् ।

प्रदेश सरकारले १० करोड रुपैयाँ जम्मा गरेर स्थापना गरेको कोषमा बैंक तथा वित्तीय संस्था, सहकारी, व्यवसायिक प्रतिष्ठानलगायतले बुधबारसम्म करिब डेढ करोड रुपैयाँ जम्मा गरिसकेका छन् । हालसम्म शाइन रेसुंगा डेभलपमेन्ट बैंकले सबैभन्दा बढी २५ लाख ५० हजार रुपैयाँ जम्मा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment