Comments Add Comment

साउथह्याम्पटनका खेलाडीको तलब रोकिने

२७ चैत काठमाडौं । इंग्लिस क्लब साउथह्याम्पटनले कोरोना भाइरस महामारीका कारण आफ्नो खेलाडीको तलबको केही अंश रोकिने जनाएको छ । यसको अर्थ खेलाडीले तत्काल पूरा तलब पाउने छैनन् ।

क्लबले बिहीवार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । म्यानेजर राल्फ हासेनहटल र अन्य स्टारका साथै क्लब सञ्चालकहरुले पनि यो नियम पालना गर्नेछन् ।

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै साउथह्याम्पटनले तलबको केही भाग केही समय रोकिने जनाएको हो । क्लब सञ्चालक, टिम म्यानेजर, कोचिङ स्टाफ र खेलाडीको अप्रिल, मे र जुन महिनाको तलबको केही भाग रोक्का हुन सक्ने निर्णयमा सहमति जनाएका छन् ।

‘क्लबको भविष्यलाई सुरक्षित राख्नको लागि सहयोग गर्न र आफ्नो समुदायमा काम गर्ने स्टाफलाई सहयोग गर्नका लागि यो गरिएको हो’ क्लबको विज्ञप्तिमा भनेको छ ।

यसअघि प्रिमियर लिगका अन्य क्लबले आफ्नो खेलाडीलाई ३० प्रतिशत तलब कटौतीका लागि आग्रह गर्ने जनाएको थियो । तर प्रोफेसनल फुटबलर्स एसोसिएसनले यो निर्णय राम्रो नभएको प्रतिक्रिया दिएको थियो ।

प्रिमियर लिगमा खेलाडीको तलब रोक्ने साउथह्याम्पटन पहिलो क्लबसमेत बनेको छ । अन्य क्लबहरुले पनि खेलाडीको तलब कटौतीका बारेमा छलफल गरिरहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment