+
+

भारतको मणिपुरमा एकदिनका लागि लकडाउन खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २९ गते १९:०४

२९ चैत, काठमाडौं । भारतको मणिपुरको प्रशासनले देशव्यापी लकडाउनको बीचमा मानिसहरुलाई आवश्यक सामग्री खरीद गर्न शनिबार छुट दिएको छ ।

भारतीय समाचार संस्था एएनआईले उल्लेख गरे अनुसार प्रान्तीय सरकारले गरेको यो घोषणासँगै शनिबार मणिपुरको सडकमा उल्लेख्य संख्यामा मानिसहरु किनमलेका लागि निस्किए ।

मणिपुरमा इस्टर र चेइराओबा पर्वका लागि आवश्यक सामग्री खरिद गर्न शनिबार बजार खोल्ने निर्णय गरिएको हो ।

प्रान्तीय सरकारले शनिबार एक दिनका लागि सबै बजार खोल्ने निर्णय गरेको थियो ।

अहिलेसम्म मणिपुरमा दुईजना कोरोना भाइरसका संक्रमित फेला परेका छन् । जसमध्ये एकजना निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?