Comments Add Comment

लकडाउनमा बालबालिका : ठूला कुरा नगरौं, सामान्य काम गरे पुग्छ

विश्व स्वास्थ्य संगठनले ‘डिजिटल ड्रग’ भनेर घोषणा गरेको ग्याजेटहरुसँग स्कुले केटाकेटीहरुको दैनिकी बितिरहेको छ । गेमिङ डिसअर्डर एवं रेडिएसनको जोखिम बढेको छ । यसको प्रभाव भोलिका दिनमा जब विद्यालय सुचारु हुनेछ, कक्षाकोठासम्म पर्ने देखिन्छ ।

यो संभावित जोखिमबाट बचाउन के गर्ने त ? धेरैको लागि टाउको दुखईको विषय हुन थालेको छ । चुलबुल गरिरहने बालबच्चालाई घर वा कोठाभित्र राखेर बस्न आमाबुवालाई पनि सास्ती छ । अनेकथरी प्रश्न सोधेर, अनेकथरी माग गरेर आमाबुवालाई हैरान बनाएको हुनसक्छन्, उनीहरुले । त्यसैले आमाबुवाले छोराछोरीबाट छुटकारा पाउनका लागि पनि मोवाइल दिएर भुलाउने गरेका हुनसक्छन् ।

स्कुल जाने यी बालबालिकाहरुको पठनपाठनलाई लिएर रेडियो, टेलिभिजन, अनलाइन पत्रिका र सामाजिक संजालहरुमा धेरै र ठूलाठूला सल्लाह एवं सुझावहरु आइरहेका छन् ।

इन्टरनेटमा उपलब्ध सिकाई सम्बन्धी डिजीटल सामग्रीहरुको व्यापक प्रचार भैरहेको छ । तर, व्यवहारिक रुपमा एउटा प्रश्न गरौं,  के हाम्रा बालबालिकाहरु यो लक्डाउनको मौकामा पढ्न र लेख्नको लागि मानसिक रुपमा तयार छन् त ?

अमेरिका जस्तो बिकसित देशमा समेत ग्याजेट र इन्टरनेटका कारण पठन संस्कृतिमा ह्रास आइरहेको सन्दर्भमा हाम्रा बालबालिकाहरुलाई यो बेला पढ्न र लेख्नको लागि उत्प्रेरित गर्नु पक्कै सजिलो छैन ।

सहरी र सुगम ग्रामिण  क्षेत्रका अधिकाश स्कुलमा अहिले इन्टरनेटको सहज पहुँच छ । धेरै स्कुलमा शैक्षिक र प्रशासनिक कामको लागि आधुनिक सफ्टवेयरहरु प्रयोगमा छन् । सबैभन्दा पहिले यहि प्रविधिलाई प्रयोग गरी एकान्तबासबाटै बिद्यार्थीहरुको नतिजा प्रकाशन गरौं ।

यसले घरमा लामो समय देखि बसेका स्कुले बालबालिकाहरुको ठुलो हिस्साको व्यवस्थापन गर्न सहयोग गर्छ । नतिजाबाट प्राप्त खुशीले उनीहरुलाई नयाँ उर्जा र उमंग दिन्छ ।  यसले उनीहरुलाई हैरानी एवं उदासी हुनुबाट पर रख्छ र त्यस पछी नया कक्षाका पुराना किताबहरु भएनी खोजेर पढछन् ।

त्यसपछि गर्ने भनेको फस्टटर्मको परियोजना कार्य र यस्तै अन्य कार्यहरु  बालबालिकाहरुलाई शुरु गर्न लगाउँ ।  उमेर र कक्षा अनुसार परियोजना कार्यहरु घरको आँगन, चुलोचौको, धुरी–छतदेखि इ लाइब्रेरीसम्म दिन सकिन्छ । यस्तो काम अझ डिजिटल फर्म्याटमा बनाउन लगाउँ, काइदा हुन्छ ।  सबै विषयका परियोजना कार्यहरु त्यहि भेटिन्छन् ।

जहाँ कम्प्युटर र इन्टरनेटको सुबिधा छैन त्यहाँका स्कुलहरुमा कक्षा शिक्षकहरुले फोन मार्फत मौखिक रुपमा नतिजा सुनाइँ दिए हुन्छ ।

यो लकडाउन त हाम्रा लागि एउटा सुनौलो अवसर पनि हो । हामीहाम्रा छोराछोरीहरुसंगै बसेर आफ्ना बिगतका कथाहरु सुनाउँ । पानको पात र रेशम फिरिरि सुनेर हुर्केका हामी टिकटक वा पब्जीमा रमिरहेका हाम्रा  छोराछोरीहरुसंगै एकअर्काको  अनुभवहरु बाडौं ।

मैले मेरो छोरोसँग कक्षा चारमा पुगेपछि बल्ल ए बि सि डी पढें भनेको ऊ पत्याउन तयार भएन ।  म भारतीय सेनाको अवकाश प्राप्त एक सैनिकको छोरो हुँ । मेरो बाबाले सन् १९६७ मा भारत र पाकिस्तानबीचको लडाईंमा लडेको अनुभव सुनाउँदा मलाई सारै मज्जा आको थियो । मेरो बाबाले युद्धमा प्राप्त गर्नुभएयको अनुभव आजसम्म न कुनै किताबमा भेटेको छु न पत्रपत्रिकाहरुमा ।  हजुरआमा र हजुरबाहरु त  बालबालिकाहरुलाई महाभारत हुन् ।

हाम्रा बालबालिकाहरुलाई संसारको सबैभन्दा ठूलो पाठशालामा हामीसंगै बस्ने अनुकुलता दिएको छ । यसलाई सकारात्मक रुपमा पनि बुझौ ।

लेखक एसओएस हर्मनमाइनर बिद्यालय भरतपुर, चितवनम कार्यरत छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment