+
+
Shares

विश्व स्वास्थ्य संगठनबाट नेपाल पुरस्कृत

हरेक वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रणमा असाधारण योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्ने सिलसिलामा यस वर्ष नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पुरस्कृत गरिएको संगठनले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व स्वास्थ्य संगठनले नेपाललाई सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदानको लागि सम्मान दिएको छ।
  • नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०२५ का लागि विशेष पुरस्कार प्राप्त गर्यो।
  • महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेएससले मन्त्रालयलाई सम्मान गरे।

५ जेठ, काठमाडौं । सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपाललाई विश्व स्वास्थ्य संगठनले पुरस्कृत गरेको छ ।

विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा सन् २०२५ का लागि नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष सम्मान पाएको हो ।

विश्व स्वास्थ्य संगठनको ७९औं सभाका क्रममा जेनेभामा आयोजित कार्यक्रममा महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेएससले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई पुरस्कृत गरेका हुन् ।

हरेक वर्ष सुर्तीजन्य पदार्थ नियन्त्रणमा असाधारण योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्ने सिलसिलामा यस वर्ष नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पुरस्कृत गरिएको संगठनले जनाएको छ ।

मन्त्री पौडेलले सुर्तीजन्य पदार्थको बट्टाको अग्रभाग र पछाडि शतप्रतिशत चेतावनीजन्य सूचना प्रकाशन गर्नुपर्ने व्यवस्थासम्बन्धी निर्णय गरेका थिए ।

अब यो निर्णय कार्यान्वयनमा आउनेछ । सरकारको यस निर्णयलाई विश्व स्वास्थ्य संगठनले असाधारण योगदान भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?