+
+
Shares

जाजरकोटको कालीगाउँमा पैँचो र सहयोगले चलेको दैनिकी   

रासस रासस
२०७७ वैशाख १ गते १५:५१

१ वैशाख, जाजरकोट । भेरी नगरपालिका–१ कालेगाउँकी धनकुमारी कामीलाई दैनिक विहान बेलुकी कसरी छाक टार्ने भन्दै चिन्ताले सताइरहेको थियो । कामीको घरमा भएको अन्न सकिएपछि उनले छिमेकीसँग पैँचो मागेर गुजारा चलाइरहेका छन् । आइतबार दिउँसो उनको घरमा ३० केजी चामलसहित तेल र दाल लिएर स्थानीय सहदेव बस्नेत र वडा अध्यक्ष दीपक राना पुगेका थिए । यसरी घरमै सहयोग मिलेपछि धनकुमारी खुशी नहुने कुरै भएन । धनकुमारीले सहयोगदाताको जय जयकार गरिन् । अब उनलाई पैँचो तिर्न पनि पुग्ने सामल भयो । अध्यक्ष रानाले व्यक्तिगत पहलमा सो सहयोग गरेका हुन् ।

खहरेखोलाकी सुशीला सुनारले पनि ३० केजीको चामल पाएपछि दैनिकी चल्ने आशा पलाएको बताइन् । कोरोना रोकथामका लागि लकडाउन जारी भएकाले उनीहरुले मजदुरी गर्न पाएका थिएनन् ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको वडा रहेको सो वडाका स्थानीयवासीले समस्या पर्दा अरुलाई समेटेर भाइचारको सम्बन्ध बलियो बनाएर लैजानुपर्छ भन्ने सन्देश दिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । उनले स्थानीयवासीले संसार जित्न सकिन्छ भन्ने सन्देश दिएको जनाए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?