+
+
Shares

चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १२:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ।
  • सुनसहित पक्राउ परेका चीनका हान फिई, चोउ लङसिन र वाङ जियान्जेनविरुद्ध थप अनुसन्धान जारी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
  • प्रहरीका अनुसार उनीहरूले भाडाको घरमा सुनको कारखाना चलाएको आरोप छ, र बरामद सुनको मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ छ।

२६ असोज, काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले थप अनुसन्धान तथा कारबाहीका लागि सुनसहित पक्राउ परेका तीन चिनियाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको बताए ।

भन्सार कार्यालय पठाइएपछि प्रहरीले आफ्नो पाटोबाट यसका थप नेक्ससहरू पत्ता लगाउन अनुसन्धान भने जारी राखेको । सबै सेक्टरलाई कभर गर्नेगरी अहिले अनुसन्धान टिम बनाएर काम भइरहेको एसएसपी खड्काले बताए ।

२२ असोजमा अपराध अनुसन्धान कार्यालयले बूढानीलकण्ठको माथिल्लो भंगालबाट २१ किलो ७५०.६८ ग्राम सुन बरामद गरेको थियो ।

बरामद भएको दिनको बजार मूल्यअनुसार उक्त सुनको मूल्य ५४ करोड ६० लाख, ७ हजार ३२० रुपैयाँ हुन आउँछ ।

माथिल्लो भंगालस्थित एक घरबाट प्रहरीले सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का, लेसिलो अवस्थाको सुन, लेसिलो अवस्थाका सुनहरू बरामद भएका हुन् ।

सुनसँथै चीनको जियाङ्सु ग्वाङडोङका २७ वर्षीय हान फिई, सोही ठाउँका ४७ वर्षीय चोउ लङसिन र सोही ठाउँका ३७ वर्षीय वाङ जियान्जेन छन् ।

उनीहरूले सिंगो घर नै भाडामा लिएर सुनको कारखाना चलाएको आरोप छ । बरामद सुन हवाई रुट हुँदै नेपाल भित्रिएको आशंका प्रहरीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?