
गतबर्ष केही नेपाली नयाँ नायिकाले मात्र चलचित्र क्षेत्रमा पाइला राखे । तर, गतवर्ष रिलिज भएका अधिकांश चलचित्र असफल हुँदा नयाँ नायिकाहरुको आगमन सुखद बन्न सकेन ।
चलचित्र ‘साङ्लो’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेकी नायिका निकिता चण्डकको चर्चा खुबै भयो । पूर्व मिस नेपाल समेत रहेकाले पनि विराज भट्टसँग जोडी बाँधेका कारण उनको चर्चा भएको थियो ।
तर, यो चलचित्रले अपेक्षाकृत रुपमा बक्स अफिसमा दर्शक तान्न सकेन । यसैले, निकिताका लागि यो वर्ष सहज भने छैन । तर, निर्माताको नजरमा भने पर्न सक्ने अपेक्षा गर्न सकिन्छ ।
चलचित्र ‘लभ डायरीज’बाट चलचित्र क्षेत्रमा पाइला राखेकी नायिका रुविना थापालाई पनि समिक्षकले तारिफ गरे । चलचित्र बक्स अफिसमा असफल भयो । तर, रुविनाको कामको तारिफ भयो । यसैले पनि रुविना यो वर्ष चलचित्र निर्माणकर्ताको रोजाइमा पर्न सक्छिन ।
नायिका रेविका गुरुङले चलचित्र ‘मारुनी’बाट चलचित्र क्षेत्रमा पाइला राखिन् । यो चलचित्रमा उनको कामको पनि तारिफ नै भयो । तर, चलचित्रले समिक्षकको साथ पाउँदा पाउँदै पनि बक्स अफिसमा भने अपेक्षाकृत व्यापार गर्न सकेन ।
झन, चलचित्रमा नायिकाको रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाह भएका कारण पनि रेविका छायामा नै परिन । तर, चलचित्र क्षेत्रले उनीबाट अपेक्षा गर्न सक्छ । उनी अभिनित चलचित्र ‘म’ यो बर्ष रिलिज हुनेछ ।
यी तिन नायिकाबाहेक अन्य आधा दर्जन बढी नयाँ अनुहार चलचित्र क्षेत्रमा पाइला राख्न सफल भए । तर, अन्य नायिकाहरुको चर्चा खासै भएन ।
श्रृजना रेग्मी, अल्बोना काबो, सन्दिपा लिम्बु, अनुपा खड्का, परी राना, रोशी खड्का, केइशा रावत जस्ता नायिका गतवर्ष चलचित्र क्षेत्रमा आएपनि उनीहरु पहिलो चलचित्रबाटै ओझेलमा परे ।
प्रतिक्रिया 4