+
+
Shares

एक दशकपछि समयमै आउन सकेन महालेखापरीक्षकको प्रतिवेदन

समयमै प्रतिवेदन सार्वजनिक नभए के हुन्छ ?

अच्युत पुरी अच्युत पुरी
२०७७ वैशाख २ गते १३:४५
कार्यालयले यसअघि बुझाएको ५६ औं प्रतिवेदन बुझ्दै राष्ट्रपति विद्यादेवी भण्डारी ।

२ वैशाख, काठमाडौं । १ दशकयता महालेखापरीक्षक कार्यालयले हरेक चैत्र मसान्तभित्र आफ्नो वार्षिक प्रतिवेदन बुझाउने गरेको थियो । कार्यालयले बुझाउने प्रतिवेदनमा सार्वजनिक निकायका आर्थिक गतिविधिबारे चिरफार गरिएको हुन्छ । तर महालेखाको ५७ औं प्रतिवेदन भने नियमित समयमा सार्वजनिक हुन सकेन ।

करिब ५ हजार वटा खर्च युनिटको लेखापरीक्षण सम्पन्न भइसकेपछि प्रतिवेदन तयार पार्ने समयमा कोरोनाले सम्पूर्ण प्रक्रिया अवरुद्ध गरेको सह–महालेखापरीक्षक विष्णुप्रसाद रिजालले जानकारी दिए ।

‘लेखापरिक्षण सम्पन्न भई प्रतिवेदनलाई एकीकृत रूप दिने तयारीमा थियौं, तर लकडाउनका कारण सबै काम अवरुद्ध हुन गयो,’, उनले भने ।

महालेखाले चैत मसान्तभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने गरेको थियो । तर ११ चैतमा सरकारले लकडाउन घोषणा गरेपछि अत्यावश्यकबाहेकका सबै सरकारी निकायको काम अवरुद्ध भएको छ ।

करिब ५५ खर्ब रूपैयाँ हाराहारीका लेखापरीक्षण

महालेखापरीक्षकको कार्यालयबाट संघ, प्रदेश र स्थानीय तहबाट भएको खर्चको लेखापरीक्षण हुने गर्छ । यसबाहेक संगठित संस्था, समिति अन्य संस्था र जिल्ला समन्वय समितिको समेत लेखापरीक्षण यसै निकायबाट हुने गरेको छ । यस वर्ष करीव ५५ खर्ब हाराहारी रकमको लेखापरीक्षण यस निकायबाट भएको छ । लेखा परीक्षण हुने निकाय भने ५ हजारभन्दा बढी रहेका छन् । सरकारी रकम खर्च गर्ने सबै निकायको संख्या करिब ५ हजार हाराहारी रहेको छ । कतिपय सार्वजनिक निकायले लामो समयसम्म लेखापरीक्षण नगरी बसेका छन् ।

परामर्श तथा लेखापरीक्षण गराउने कामसमेत यस निकायबाट हुने गरेको छ । अघिल्लो वर्ष महालेखापरीक्षणको कार्यालयले ५१ खर्ब ६० अर्ब रूपैयाँको लेखा परीक्षण गरेको थियो । यसबाट संघीय सरकारी निकायतर्फ १ खर्ब ६ अर्ब ३४ करोड रूपैयाँको बेरुजु देखिएको थियो । गत वर्ष स्थानीय र प्रदेश तहमा समेत ठूलो रकम बेरुजु देखिएको थियो । नेपालमा बेरुजु फछ्र्यौट तथा सम्परीक्षणबाट टुंगो लगाउनु पर्ने बेरुजु रकम करिब ७ खर्ब हाराहारी छ ।

समयमै प्रतिवेदन नआउँदा के फरक पर्छ ?

महालेखापरीक्षणको प्रतिवेदनले सार्वजनिक खर्चमा विधि र प्रक्रिया नपुर्‍याइ भएका खरीद प्रक्रियाबारे किटान गरिएको हुन्छ । यसमा आधारित भएर सार्वजनिक निकायले त्यसको जवाफ दिनुपर्छ । यसमा झक्झक्याउने काम भने सार्वजनिक लेखा समितिसहित विविध निकायबाट हुने गर्छ । समयमै प्रतिवेदन नआउँदा यी प्रक्रिया पर सर्नेछन् । महालेखा आफैंले समेत प्रतिवेदनको काम सकेपछि आन्तरिक तयारीको कामलाई प्राथमिकता दिने गरेको थियो । प्रतिवेदन बनाउनै समय लाग्ने भएपछि आन्तरिक व्यवस्थापनका कामसमेत प्रभावित हुने सह–महालेखापरीक्षक रिजालले जानकारी दिए ।

प्रतिवेदन तयारी पारी त्यसलाई विश्लेषणसहित प्रकाशित गर्न लकडाउन खुलेपछि पनि कम्तीमा दुईसाता लाग्ने अनुमान कार्यालयको छ । लकडाउन खुलेपछि पनि तत्काल सवथोक सामान्य अवस्थामा जान्छ भन्ने हुँदैन,’ सह–महालेखापरीक्षक रिजालले भने, ‘त्यसपछि कम्तीमा दुईसाता प्रतिवेदन बनाउनै लाग्नेछ ।’

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?