Comments Add Comment

सनसिटी अपार्टमेन्टमा बस्नेहरुमा कोरोना संक्रमण परीक्षण गरिने

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

२ वैशाख, काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्नेमा कोरोना संक्रमण परीक्षण सुरु भएको छ ।

उक्त अपार्टमेन्टमा बस्ने दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएपछि त्यहाँ बस्ने व्यक्तिहरुमा परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको ट्रेसिङ पनि सुरु गरिएको मन्त्रालयले मंगलबार फेसबुकमार्फत जानकारी दिएको छ ।

पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आइ बसेका एकै परिवारका ५८ वर्षका पुरुष र ८१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुकै परिवारका अर्का एक जनाको पहिलो परीक्षणमा भने कोभिड १९ पोजेटिभ नदेखिएको मन्त्रालयले जनाएको छ ।

सोमबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा त्यस परिवारको तीनै जनामा कोरोना संक्रमण देखिएपछि उपचारका लागि पाटन अस्पताल लगिएको थियो ।

अहिले उनीहरुको पाटन अस्पतालमा नै उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment