+

कोरोनाका कारण पाकिस्तानी पूर्वक्रिकेटरको मृत्यु

२०७७ वैशाख  २ गते १६:५३ २०७७ वैशाख २ गते १६:५३
कोरोनाका कारण पाकिस्तानी पूर्वक्रिकेटरको मृत्यु

२ वैशाख, काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट एक जना पाकिस्तानी पूर्वक्रिकेटरको मृत्यु भएको छ । मृत्यु हुनेमा पाकिस्तानी क्रिकेटर जफर सर्फराज रहेका छन् । ५० वर्षीय सर्फराजको उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो । तीन दिनयता पाकिस्तानको पेशावरस्थित एक अस्पतालको आइसीयू कक्षमा उनी भर्ना भएका थिए ।

देब्रेहाते अलराउन्डर जफरले सन् १९८८ देखि १९९४ सम्म १५ प्रथम श्रेणी क्रिकेट खेलेका थिए । जसमा उनले ६ सय १६ रन बनाएका थिए । यस्तै पाकिस्तानका लागि ६ एकदिवसीय क्रिकेटमा ९६ रन बनाएका थिए । १९९४ मा सन्यास लिएपछि उनले पेसावरको सिनियर टिम तथा यू १९ क्रिकेट टिमको प्रशिक्षकका रुपमा पनि काम गरेका थिए ।

यसअघि कोरोनाकै कारण विभिन्न खेलका लिजेण्डहरुको मृत्यु भएको छ । पाकिस्तानका लिजेण्ड स्क्वास खेलाडी आजम खानको कोरोनाकै कारण इंग्ल्याण्डमा मृत्यु भएको थियो ।

यस्तै दुई पटक ओलम्पिक खेलेका इटालियन धावक दोनातो साबियाको कोरोनाकै कारण मृत्यु भएको हो । उनी कोरोनाबाट मृत्यु हुने पहिलो ओलम्पियन समेत हुन् । यसबाहेक स्वीजरल्यान्डका आइस हक्की लेजेन्ड ७९ वर्षीय रोजर सेपो, फ्रान्सेली फुटबल क्लब रिम्सका डाक्टर ६० वर्षीय बर्नाड गोन्जालेस, इंग्ल्यान्डको लंकासायर क्रिकेट क्लबका अध्यक्ष ७१ वर्षीय डेभिज हजकिस, फ्रान्सको ओलम्पिक डी मार्सल फुटबल क्लबका पूर्व अध्यक्ष ६८ वर्षे पेप दिअफ को पनि कोरोनाकै कारण मृत्यु भएको छ ।

कोरोना भाइरस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय