+
+
Shares

टिचिङ अस्पतालका आवासीय डाक्टर भन्छन्– ड्युटी सकेर फर्किँदा प्रहरीले कुटे

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ४ गते ७:३२

४ बैशाख, काठमाडौं । ड्युटी सकेर निवासमा फर्किँदै गर्दा प्रहरीले हातपात गरेको भन्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरुले विरोध गरेका छन् ।

आवासीय चिकित्सकहरुका अनुसार कान्ति बाल अस्पतालको पछाडिपट्टी आरालोमा प्रहरीहरुले तीन जना चिकित्सकलाई हातपात र लाठीचार्ज गरेका छन् ।

मेडिसिन डिपार्टमेन्टमा कार्यरत चिकित्सकहरुलाई प्रहरीले दुर्व्यवहार गरेको नेशनल रेसिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा. अनुप सुवेदीले बताए । परिचयपत्र देखाउँदा र अस्पतालबाट फर्केको अवगत गराउँदासमेत दुर्व्यवहार गर्ने प्रहरीलाई छानबिनको दायरामा ल्याउन र कारबाही प्रक्रिया अगाडि बढाउन एसोसिएसनले माग गरेको छ ।

अन्यथा कडा कदम चाल्न बाध्य हुने एसोसिएसनले चेतावनी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?