Comments Add Comment

डाक्टर कुटिएको घटनाको चिकित्सक संघद्वारा विरोध

४ वैशाख, काठमाडौं । काठमाडौंको त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालमा काम गर्ने आवासीय चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको घटनाको नेपाल चिकित्सक संघले विरोध जनाएको छ ।

वैशाख ३ गते अस्पतालमा काम गरेर घर फर्किने क्रममा कान्ति बाल अस्पतालनजिकै ओह्रालोमा प्रहरीले तीन जना चिकित्सकमाथि कुटपिट गरेको चिकित्सक संघले जनाएको छ ।

संघका महासचिव डा. बद्री रिजालले विज्ञप्ति जारी गरी उक्त घटनाको विरोध जनाउँदै कुटपिट गर्ने प्रहरीमाथि कानुनी कारबाहीको माग गरेको छ ।

‘हालको उत्पन्न महामारीसँग जुध्नका लागि युद्ध मैदानमा होमिएका स्वास्थ्यकमीृ, तथा चिकित्सहरुलाई यस्तो अमानवीय र अक्षम्य घटना घटनाउनेमाथि कानूनी कारबाही नगरिएको खण्डमा यसले देशभरको समग्र स्वास्थ्य सेवा प्रवाहलाई गम्भीर असर गर्नेतर्फ सचेत रहन नेपाल चिकित्सक संघ यसै विज्ञप्तिमार्फत आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

चैत २२ गतेको मन्त्रिपरिषद बैठकले ड्युटीमा खटिएका स्वास्थ्यकर्मीलाई वाधा विरोध गर्नेहरुमाथि ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई बाधा विरोध गर्नेलाई हुनेसरहको कानुनी कारबाही गर्ने भनी निर्णय गरे पनि यस्ता घटना हुनु दुखद भएको बताएको छ ।

यो पनि पढ्नुहोस लकडाउनमा प्रहरीद्वारा कुटिएको चिकित्सकको आरोप, छानविन समिति गठन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment