
४ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्सका दुई वटै वाइडबडी जहाज बिहीबार चीन जाँदैछ । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार बिहीबार साँझ दुवै जहाजले चीनको ग्वाङझाउका लागि उडान गर्न लागेका हुन् ।
चीनबाट मेडिकल सामान ल्याउन निजी कम्पनीले चार्टर्ड गरी नेपाल एयरलाइन्सका जहाज लैजान लागेका हुन् । खड्काका अनुसार फ्लास फ्रेटले एउटा र सांग्रिला फ्रेटबाट अर्को जहाज चार्टर्ड भएको हो ।
पौने ७ बजे उड्ने यी जहाज शुक्रबार बिहान काठमाडौं फर्कनेछन् । यससँगै चीनको ग्वाङझाउमा नेपाल एयरलाइन्सको यो चौथो चार्टर्ड उडान हुनेछ ।
सबै उडान मेडिकल सामग्रीको आपूर्तिका लागि भएको हो । कोरोना संक्रमण तथा रोकथामका लागि पछिल्लो समय निजी क्षेत्रबाट धमाधम मेडिकल सामग्री आयात भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4