+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

धनगढीमा पोजेटिभ रिपोर्ट आएपछि दुई जनाको नमुना काठमाडौं पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ४ गते २०:५८

४ वैशाख, धनगढी । कैलालीको धनगढीस्थित प्रयोगशालामा परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण देखिएपछि पुन परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

सुर्खेतबाट पठाइएको रुकुम पश्चिमका दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि पुनपरीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको कर्णाली प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी दिए ।

सुर्खेतबाट कोरोना परीक्षणका लागि बिहीबार ९९ जनाको स्वाब धनगढी ल्याइएको थियो । ती नमुना धनगढीको पशुपक्षी  अन्वेषण प्रयोगशालामा परीक्षण गरिएको थियो ।

सुर्खेतबाट ल्याइएका नमुनामध्ये दुई जनामा संक्रमणको आशंका देखिएपछि पुन स्वाब संकलन गरेर काठमाडौं पठाउनका लागि कर्णाली प्रदेशको क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई पत्राचार गरेको सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय प्रवक्ता तथा स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?