Comments Add Comment

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य

७ वैशाख, कैलाली । सुदूरपश्चिम प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य भएको छ । आइतबार राति १२ बजेदेखि लागु हुनेगरी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले अधिवेशन अन्त्य भएको सूचना जारी गरेकी हुन् ।

अधिवेशन अन्त्य गरिएको पत्र प्रदेशसभा सचिवालयमा प्राप्त भइसकेको सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए ।

‘पत्र प्राप्त भइसकेको छ’ उनले भने, ‘अधिवेशन अन्त्य भएको सूचना माननीयज्यूहरूलाई पनि दिइएको छ।’

१२ वटा बैठक बसेर पाँचौं अधिवेशन सकिएको हो । माघ ६ गतेदेखि सुरु भएको अधिवेशनमा ५ वटा विधेयक दर्ता भएका थिए ।

विधेयक अधिवेशनका रुपमा पनि चिनिने हिउँदे अधिवेशनमा दुई वटा विधेयक मात्रै पारित भएको छ ।

पाँचौं अधिवेशनमा ‘निजी व्यवसाय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०७६’ र ‘साझेदारी व्यवसाय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०७६’ पारित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment