+
+

अध्यादेशले गम्भीर षड्यन्त्रको शंका उब्जायो : मसाल

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ९ गते ११:३३

९ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले सरकारले सोमबार ल्याएको राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश गलत र असान्दर्भिक भएको बताएको छ ।

महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गरी अध्यादेशले नेपालको प्रजातान्त्रिक प्रणालीमाथि कुठाराघात गरेको बताएका छन्।

संसद नभएको बेला अध्यादेशमार्फत ऐन संशोधन गर्नुले गम्भीर षड्यन्त्रको शंका उब्जाएको मसालले उल्लेख गरेको छ । ‘या त त्यसका पछाडि स्वयं नेकपालाई नै विभाजन गर्ने उद्देश्यले काम गरेको छ या त्यसका पछाडि अन्य राजनीतिक दलहरूमा विभाजन ल्याउने उद्देश्यले काम गरेको छ,’ महामन्त्री सिंहले प्रश्न गरेका छन् ‘त्यसका साथै उक्त अध्यादेशहरूका पछाडि सम्पूर्ण लोकतान्त्रिक प्रणालीमाथि नै कुठाराघात गर्ने योजनाले ता काम गरेको छैन ?’

संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले दुईजना मात्र संवैधानिक परिषद्का सदस्यलाई सबै महत्वपूर्ण विषयमा निर्णय गर्ने अधिकार प्रदान गर्नेभन्दै यसबाट सरकारको एकाधिकारवादी प्रवृत्ति देखिएको मसालले बताएको छ ।

मसालले सरकारले ल्याएको अध्यादेशले प्रतिगामी शक्तिहरूलाई अगाडि आउन बाटो खोल्यो भने आश्चर्य नहुने पनि बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?