Comments Add Comment

इजरायलमा भौतिक दूरी कायम राख्दै हजारौंको प्रदर्शन

९ वैशाख, काठमाडौं । इजरायलको तेल अभिभमा हजारौं प्रदर्शनकारीहरुले भौतिक दूरी कायम राख्दै सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सरकारको प्रजातन्त्रविरोधी कदमको विरोध गर्दै प्रदर्शनकारीहरुले तेल अभिभमा प्रदर्शन गरेका हुन् ।

आइतबार गरिएको प्रदर्शनमा दुई हजारभन्दा बढी मानिस सहभागी भएका थिए । प्रदर्शनमा सहभागीहरु दुई मिटरको दूरीमा बसेका थिए भने मास्क पनि लगाएका थिए ।

पछिल्लो समय विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) फैलिन नदिन पनि उनीहरुले भौतिक दूरी कायम राखेका हुन् । प्रदर्शनकारीहरुले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले प्रजातन्धविरोधी कदम चालेको भन्दै त्यसको विरोधमा कालो झण्डा देखाएका थिए । प्रदर्शनकारीले संकटको समयमा सरकारले अनुचित कदम चालेको कारण आफूहरु चुप बस्न नसकेको बताएका छन् ।

अरु बेला दशौं हजार अट्ने रबिन स्क्वायर पूरै प्रदर्शनकारी फैलिएका थिए । प्रदर्शनकारीहरले सरकारले ल्याएको कोरोना भाइरसविरुद्ध लड्न ल्याएको निकै कडाइको नियम र नागरिकहरुको फोन ट्र्याकिङको विरोध गरेका हुन् ।

कोरोना भाइरसको त्रासको कारण धेरै मानिसले भर्चुअलरुमा घरमा नै बसेर फेसबुक वा जुमको सहयोगमा अनलाइनमार्फत् यो आन्दोलनमा जोडिएका थिए ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment