+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

हामीले पार्टी फुटाउन लागेको भन्ने १०१ प्रतिशत गलत हो– इस्तियाक राई

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ११ गते १३:३४

११ वैशाख, काठमाडौं । पूर्वमन्त्री एवं समाजवादी पार्टीका नेता तथा सांसद मोहम्मद इस्तियाक राईले आफूहरूले पार्टी फुटाउँछन् भन्ने कुरा हल्ला मात्र भएको बताएका छन् ।

समाजवादी पार्टीका ४० प्रतिशत सांसदले पार्टी फुटाउन लागेका हुन् ? भन्ने प्रश्नमा उनले भने, ‘मैले पाँच दिनदेखि लगातार भन्दै आएको छु हामीले पार्टी फुटाउने सम्भावना १०१ प्रतिशत छैन ।’

पूर्वमन्त्री राई भन्छन्– पार्टीभित्र असन्तुष्टि भएको सत्य हो । यही कारणले पार्टी फुट्ने भए सबैभन्दा पहिला नेकपा फुट्छ, त्यसपछि कांग्रेस, अनि मात्रै हाम्रो पालो आउला

प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन आफूहरूले आश्वासन नदिएको पूर्वमन्त्री राईको भनाइ छ ।

राईले गत पुस पहिलो साता शहरी विकास मन्त्रीबाट राजीनामा दिएका थिए । उनले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध राम्रो रहेको बताउने गरेका छन् ।

आफ्नो पार्टीमा असन्तुष्टि रहेको भने राईले स्वीकारे । उनी भन्छन्, ‘पार्टीभित्र असन्तुष्टि भएको सत्य हो । यही कारणले पार्टी फुट्ने भए सबैभन्दा पहिला नेकपा फुट्छ, त्यसपछि कांग्रेस, अनि मात्रै हाम्रो पालो आउला ।’

यसअघि राईलगायतका नेताहरूले समाजवादी पार्टी फुटाउन लागेको चर्चा चलेको थियो ।

बुधबार समाजवादी र राजपाबीच एकता भएको थियो । दुवै दलका शीर्ष नेताहरू एकताको सहमति पत्र तयार पार्न बैठक बसिरहेको बेला असन्तुष्ट पक्षका नेताहरूले पनि पार्टी फुटाउने तयारी गरेको समाचार सार्वजनिक भएका थिए।

समाजवादी र राजपाबीच एकतापछि नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ नाम राखिएको छ । दुवै पार्टीका शीर्ष नेताहरूले बिहीबार बिहान निर्वाचन आयोगमा गएर दल दर्ताको निवेदन दर्ता गराइसकेका छन् ।

जनता समाजवादी पार्टीमा नेताहरूको पद बाँडफाँट भएको छैन । नेताहरुले लकडाउनपछि एकताका बाँकी प्रक्रिया पूरा गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?