Comments Add Comment

लकडाउनमा कसरी बित्दैछ सन्नी लियोनीको दिनचर्या ?

लकडाउनका कारण अहिले सम्पूर्ण मानिसहरु घरभित्र नै बसिरहेका छन् । भारत मे ३ सम्म लकडाउन भएका कारण बलिउडकर्मी पनि घरमा थुनिएका छन् ।

अभिनेत्री सन्नी लियोनी पनि घरमा नै थुनिएकी छिन् । उनी आफ्नो श्रीमान र तीन बच्चाको साथ बस्दै आएकी छिन् ।

लकडाउनमा बस्नु सजिलो नभएर पनि बस्न अत्यावाश्यक भएको उनले बताइन् । सन्नीले भनिन्, ‘लकडाउन बस्न सजिलो त छैन नै । तर, अहिले भाइरसलाई जित्नको लागि हामी घरमा बस्नुको विकल्प नै छैन । आशा छ,  चाडै हामी यो गोलमालबाट बाहिर आउनेछौँ ।’

‘लकडाउनमा कसरी दिन बिताइरहनु भएको छ ?’, सन्नीलाई प्रश्न गरियो । उनले भनिन्, ‘अहिले मैले समय कटाएको भन्दा पनि समयले मलाई कटाइरहेको छ । म अहिले पकाउन, खान र भाँडा माझ्नमा व्यस्त हुन्छु । घर पनि सफा गरिरहेको हुन्छु । फुर्सद मिल्यो कि, तीन बच्चाको साथ स्विमिङ पुलमा जान्छु । यसरी नै बितिरहेको छ ।’

लकडाउनका कारण आफूले गर्न चाहेको पेन्टिङको काम पनि गर्न पाएको उनको भनाई छ ।

आफूलाई फिट राख्नको लागि सन्नी घरमा नै वर्कआउट गर्छिन् । उनले भनिन्, ‘म खुसी छु कि मेरो घरमा वर्कआउटको लागि चाहिने हरेक सामान छ । त्यसैले स्वस्थ्यलाई ख्याल गर्दै वर्कआउट पनि गरिरहेको हुन्छु । फिट त बस्नै पर्‍यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment